प्रतिष्ठान द्धारा करिव २६ हजार नागरिकको पीसीआर परीक्षण ।

जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खल्दै आएको छ । चीनमा कोरोना भाइरस फैलिएसँगै प्रतिष्ठानले आफ्नो पूर्व तयारीका गर्दै आएको थियो ।
प्रतिष्ठानले आफ्नै लगानीमा आरटी पीसीआर मेसिन सञ्चालनमा ल्याएको हो । मेसिन सञ्चालनमा आएदेखि प्रतिष्ठानले २५ हजार ८सय १६ जना नागरिकको कोरोना परीक्षण गरेको मेडिकल रेकटर मेघराज बुढाले बताए । उनले भने यसमा ८सय ८२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रतिष्ठानले तयार गरेको १ सय २० बेडको आइसोलेसन तयार गरी आइसोलेसन बेड पनि ब्लूु, ग्रीन र रेड जोन बनाएर विभाजन गरेको अस्पताल निर्देशक डा. मंगल रावलले बताए । जसलाई कोरोना विशेष अस्पताल बनेर फरक प्रवेशद्धार बनाई प्रयोगमा ल्याइएकोे छ ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार विभिन्न दातृ निकायदेखि संघीय र प्रदेश सरकारबाट सुरक्षित स्वास्थ्य सामग्री उपलव्ध भएकोले अहिले प्रतिष्ठानमा सामग्री पर्याप्त नै छ । ६० जना विशेषज्ञ डाक्टर, १५ जना नर्सिङ अफिसर, ७५ जना नर्सिङ स्टाफ, अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरी तीन सय बढीको जनशक्ति रहेको छ । कर्णाली प्रदेशको १० जिल्लासहित सुदुरपश्चिम प्रदेशका डडेलधुरा, अछाम, बजुरासमेतका जिल्लाका स्वाब परीक्षण गर्दै आएको हो ।
जुम्लाका मात्रै झण्डै १० हजार नागरिकको स्वाब परीक्षण गरेको उनले बताए । १० हजार जनाको परिक्षणमा २६६ जनाको रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
अहिले जिल्लामा २७ जना स्वास्थ्यकर्मीसहित ४६ जना सक्रिय सक्रमित रहेका छन् । सक्रिय संक्रमति सवै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको अन्तरिम संबिधान २०६३ को धारा ८३ वमोजिमको व्यवस्थापिका संसद्को हैसियतमा संबिधान साभाले एउटा छुट्टै ऐन २०६८ कार्तिक ३ गतेका दिन पारित गरि विधिवत रुपमा स्थापना भएको संस्था हो । यस संस्थाले पिछडिएका जिल्लाहरु हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बझाङ, बाजुरा र अछाम जस्ता जिल्लाहरुमा सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो।

सम्बन्धित समाचार