जुम्लामा कोरोना संक्रमित ४७ जना पुगे पछि बजार सिल
दिलमाया शाही
जुम्लामा कोरोना कोरोना सक्रमण बढेको छ । बुधबार २४ जना कोरोना पुष्टी भएपछि थप परिक्षण गर्दा ४७ जना पुगेका कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डाक्टर अनुप मंंगल समालले बताए ।उनका अनुसार २७ स्वास्थ्यकर्मी सहित दुईदिनमा ४७ जना पुगेक हुन । जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलावट हुन सक्ने भन्दै असोज १५ गते दिसोको ३ बजे बाट आर्को आदेश नहुनजेल सम्मका लागी सम्पुर्ण सेवा बन्द गरेको छ ।
कर्णाली स्वास्वास्थय बिज्ञान प्रतिष्ठान तथा बिभिन्न कार्यालयका कर्मचारी र चन्दननाथ नगरपालिकाका नगर बासीमा कोरोना संक्रमाण देखीए पछि समुदाय स्तरमा कोराना संक्रमण फैलावटको खतरा लाई मध्यजनर गर्दै बिभिन्न क्षेत्र सिल गरिएको हो । चन्दननाथ नगपालिकाको पुर्वमा दानसाँघु,पश्चिममा उमगाड,उत्तरमा कर्णाली प्राविधिक शिक्षालय तथा दक्षिणमा छिना लाग्ना सम्मको चारकिल्ला भित्रका औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलाप बन्द गरीएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गरेको आदेशमा भनिएको छ । सिल गरीएको क्षेत्रमा कुनै पसल, संघ संस्था खोल्न समेत यो अवधिमा पाइनेछैन् ।प्रमुख जिल्ला अधिकारी थापाले संक्रामक ऐन २०२० को २(२)तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ,








