गाँसबासको लागी सडकमा भौतारिएका वालवालिकालाई सुर्खेत पठाईयो ।

दिलमाया शाही
जुम्लामा केही दिन पहिले वेबारिसे अवस्थामा भेटीएका ४ वालवालिका लाई पुनस्र्थापनाका लागि व्यवस्थापन गरिएको छ । जुम्लाको महिलाहरुका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र ,प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति सरोकारवालाहरुको सहयोगमा उनिहरुलाई सुर्खेत पठाईएको हो ।

महिलाहरुका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र जुम्लामा तत्कालका लागि बसेका उनिहरुको पहिचान खुलेपछि बास गास र अध्ययनका लागि समन्वय गरी प्रहरीको साथमा सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । महिलाहरुका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवति श्रेष्ठका अनुसार उनिहरुले शुरुमा नाम पनि फरक दिएका थिए । अहिले बास्तविक ठेगाना पहिचान भएको छ । १७ मधु बिक भनिएकी किशोरीको नाम सुनिता परियार र उनका बाबुको नाम अमर परियार खुलेको छ । ३ बर्षको बच्चा आशीष विक भनिएको बालक १७ वर्षकी सुनिता परियारको छोरा भएको खुलेको छ.

, त्यस्तै १६ अर्का गित भनेर नाम दिने किशोरीको नाम कबिता परियार रहेको खुलेको छ । कविताको आमाको निधन भईसके पछि उनका बाबाले कान्छी श्रीमति ल्याएका र शारिरिक तथा मानसिक हिंसामा पारेका कारण उनि कामको खोजीमा जुम्ला आएको बुझीएको छ । ९ वर्षीय नविन विक भनिने बच्चाको नाम लतित परियार १७ वर्षका सुनिताका भाइ भएको खुलेको छ । उनिहरुलाई बेबारिसे अवस्थामा भेटिएपछि स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा अल्पकालिन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख माधव काफ्ले चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई, आश्रय केन्द्रका अध्यक्ष श्रेष्ठ सहितको टोलीले प्रहरीको साथमा सुर्खेत पठाएको छ । सुर्खेतमा कोपिला भ्याली र मानवसेवा आश्रममा तत्कालिन पुनस्थापनाका लागि कुरा भएको अध्यक्ष श्रेष्ठले बताइन ।