महामारीमा पनि रोकिएन राजनीतिक भेला ।
दिलमाया शाही
जुम्लामा कोरोना महामारीको वेलामा पनि राजनीतिक भेला रोकिएका छैनन् । जुम्लाका प्रमुख राजनीतिक दल सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले राजनीतिक कार्यकर्ता भेला र छलफल रोकेका छैनन ,। डेढ महिनाअघि हिमा गाउँपालिकामा सत्ता पक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसमा कार्यकर्ता भेला गर्नेदेखि पार्टी प्रवेश गराउने क्रम निकै चलाएका थिए । त्यस पछिको समयमा चन्दननाथ नगरपालिका– ६ मा नेकपा र कांग्रेस पार्टीको राजनीतिक कार्यकर्ता भेला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै थालेपछि जुम्लामा विशेषगरी नेपाली कांग्रेस र नेकपाको चहलपहल बढेको छ । राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई जनताको माया नभएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले‘ बताए । उनले भने , अहिले विशेषगरी दुई पार्टी नेकपा र कांग्रेस सत्ता कसरी बचाउने र सत्तामा कसरी जाने भन्ने होड्बाजीनै देखीन्छ ।
राजनितिकदल यस्तो बेला नागरिकलाई कसरी सुरक्षित बनाउने वा कोरोनाको महामारीबाट बचाउने भन्ने जिम्मेवारी बन्ने बेला हो । तर उनिहरु कोरोना भाइरसको विकराल अवस्थामा पनि आफ्ना पार्टीका भेला तथा कार्यक्रम गर्ने गरेका छन् ।’राजनीतिक पार्टीले अहिले गलत गर्दै आएको जुम्लाका स्थानियले बताउका छन । साउन ३० गते सर्वदलीय बैठकमा पार्टीका नेताले यस्तो कोरोना महामारीको वेलामा राजनीतिक गतिविधि नगर्ने र सबै कोरोना नियन्त्रण तथा रोकथाममा लाग्ने भनेर हस्ताक्षर पनि गरेका थिए ।
तर आफैँले गरेको हस्ताक्षरको खिल्ली उडाउँदै भेला र कार्यक्रम गर्न नेताहरू व्यवस्त छन् ।राजनीतिक दलका नेता कार्यकर्ताले यस्तो गर्ने हुन् भने किन चाहियो लकडाउन र निषेधाज्ञा ? सर्वसाधारणको प्रश्न छ । लकडाउनले बिपन्न नागरिक भोकभोकै मार्नका लागि लकडाउन र निषेधाज्ञा गर्नको कुनै औचित्य नभएको नागरिकको गुनासो छ।
कोरोना माहामारीको वेलामा सावधानी अपनाउनुपर्ने अवस्थामा राजनीतिक भेला किन गरियो ? भन्ने प्रश्नमा चन्दननाथ नगरपालिका– ६ का नवगठित वडाध्यक्ष दानबहादुर रावलले थोरै संख्यामा बढी कोरोना परीक्षण पिसिआर गरेका व्यक्तिहरूको मात्र सहभागी रहेको प्रतिक्रिया दिए । नेकपा जुम्लाका अध्यक्ष वीरबहादर कुँवरले केही समय अघि नेकपाले पनि कोरोना महामारीका वेला कार्यकर्ता भेला तथा राजनीतिक कार्यक्रम गरेको स्वीकार गरेका छन । उनले भने, ‘पार्टीको पार्टी एकतापछि स्थानीय स्तरमा पनि संगठन विस्तार गर्नुपर्ने भएकोले कार्यकर्ता भेला तथा कार्यक्रम भएका हुन् । तर, प्रशासनले कोरोना महामारीको वेला भेला तथा कार्यक्रम नगर्न ध्यानाकर्षण गरेपछि रोकेका छौँ ।’ नेपाली कांग्रेसका जिल्ला सभापति दीपबहादुर शाहीले कोरोना महामारीको वेलामा औपचारिक रूपमा पार्टीका कुनै पनि गतिविधि नभएको दाबी गरेका छन ।








