धनुषामा रक्सी तस्करीले लुट्यो प्रहरीको हतियार

जनकपुरधाम, १८  बैशाख ।
धनुषामा रक्सी तस्करीले प्रहरीको हतियार लुटेको छ ।
बुधवार बिहान २ बजे धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गस्तीमा रहेका प्रहरीको हतियार लुटिएको हो ।
गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप हुँदा रक्सी तस्करीले प्रहरीको एक थान पेस्तोल लुटेको हो ।
गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेर लगेको प्रहरी जनाएको छ ।
उनीहरुले त्यसको म्यागेजिनसमेत लुटेको असई साहले बताए ।
घटनास्थलमा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी थालिएको प्रहरी जनाएको छ ।
घटनास्थलमा अर्का डिएसपी ज्ञान मेहताको नेतृत्वमा टोली खटिएको बताए ।

सम्बन्धित समाचार