स्वास्थ्यक्षेत्रलाई कार्यकर्ता भर्ति केन्द्र बनाएको केसीको आरोप

दिलमाया शाही
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकका दलीय कार्यकर्ता भर्ति गरिएको भन्दै चिकित्सा शिक्षा सुधारमा आन्दोलनरत डा. गोविन्द केसीले आक्रोश ब्यक्त गर्नु भएको छ ् । सरकारले गरेको यो नियुक्ती हुनै पनि हालतमा स्वीकार्य नहुने उहाले बताउनु भएको छ । गाउँमा विशेषज्ञ सेवा दिन जुम्ला पुग्नु भएका डा. केसीले प्रेश विज्ञप्ति जारी गर्दै यस अगाडीको डिन नियुक्ती नै स्थापित वरिष्ठताको आधार भत्काएर गरिएको आरोप लागउनु भएको छ ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्ष गर्दै आइरहेका डा. केसीले नियुक्ति सच्याउँदै बाँकी सबै पदको नियुक्ति वरिष्ठताका आधारमा गर्न माग गर्नु भएको छ । यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पताल जस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धराशायी हुने निश्चित छ । डा. केसीले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ यसरी नियुक्त भएका मानिसहरु संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने पार्टीप्रति वफादार हुने तथा ठेक्कापट्टाको धाँधलीबाट पार्टीलाई धनी बनाउने र संस्थालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने बाहेक अरु काम नहुने निश्चित छ ।

त्यसैले तत्काल यो नियुक्ती सच्याउँन सरकार समक्ष माग गर्दछौँ । ’डा. केसीले दलीय आधार भएका सबै नियुक्ति तत्काल खारेज गर्दै वरिष्ठताका आधारमा सबै नियुक्ति गर्न तथा लामो समय देखि चिकित्सा शिक्षा सुधारका विषयमा राखिएका माग संवोधन गर्न माग गर्नु भएको छ। ् माग पूरा नगरिएको खण्डमा कुनै पनि बेला स्थगित गरेको सत्याग्रह शुरु गर्ने चेतावनी समेत दिनु भएको छ ।

यसैबीच ५ बुँदे माग राखेर हामीले सत्याग्रह घोषणा गरेका थियौं । यसबीच सरकारले माग पूरा गर्नुको सट्टा संघीय तथा कर्णाली प्रदेशको प्रशासन दुवैले उल्टै नागरिक अधिकार कुण्ठित गर्ने प्रयास गरेका छन् । डा. केसीले भन्नुभयो यो अभियानमा सहभागी हुने नागरिकहरु मात्रै नभएर अभियान संग सम्बन्धित ब्यक्ति संग भेटघाट र बोलचाल गर्ने नागरिकहरुलाई समेत केरकार गर्ने र तर्साउने तानाशाही गतिविधिमा स्थानीय प्रशासनलाई प्रयोग गरेका छन् । यो राम्रो होइन् । ’डा. केसीले प्रधानमन्त्री ओलीको भ्रष्ट माफियाराजले कोरोना महामारीका बेला भ्रष्टाचार र अनियमितताको रेकर्ड राखिरहेको आरोप समेत लगाउनु भएको छ, ।