अतिआवश्यक वस्तुका लागी जुम्ला बजार तिन घण्टा खुला गरियो ।

 

दिलमाया शाही
अतिआवश्यक वस्तु किनबेचको लागी जुम्ला बजार तिन घण्टा खुला गरिएको छ । गत साउन ३२ गते देखी निषेधाज्ञा गरेको प्रशासनले नागरिकलाई खाद्ययन्न अभाव हुन नदिनका लागी तिन घण्टा बजार खुला गरेकोे हो । दैनिक रुपमा गरिएको निषेधाज्ञाले बजारमा खाद्ययन्न अभाव हुन थालिरहेको समयमा स्थानीय प्रशासनले केही अत्यावश्यक सामाग्रीहरु किनबेच गर्न सहजताका लागि तिन घण्टा खुला रहने ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी थापाद्धारा जारी गरिएको भदौ ११ गतेको आदेशमा खाद्यन्न, वैंक तथा बित्तिय सेवा, ईन्धन ,तरकारी दुध तथा फलफुल व्यवसाय दिउसो ११ बजे देखी २ बजे सम्म खुला गरिने उल्लेख गरिएको छ । ति सेवा दिदा पुर्ण रुपमा जनस्वास्थ्य सेवाको मापदण्ड अनुसार काम गर्नुपर्नेछ संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार ब्यवसायिकहरलाई दुई मिटरको दुरीमा गोलो घेराको व्यवस्था गर्नु पर्ने पसल र ग्राहकलाई छुट्याउने गरि डोरीको व्यवस्था गर्न भनिएको छ ।

बजारमा हिडडुल गर्दा दुई जना भन्दा बढि समुह बनाई हिडडुल गर्न पाइने छैन । प्रत्येक ब्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।’मास्क नलगाउने जो सुकैलाई कार्वाही गरिनेछ् ।’ पसलमा सामान किनबेच गर्दा अनिवार्य रुपमा पञ्जा लगाउनु पर्ने प्रशासनले ब्यापारीका लागि सर्त तोकेको छ ।