जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलावट हुन सक्ने भन्दै साउन ३२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वाब संकलन गरी परिक्षण गर्ने क्रममा समुदाय स्तरमा कोराना संक्रमण फैलावटको खतरा देखिएकोले निषेधाज्ञा जारी गरेको हो ।
चन्दननाथ नगपालिकाको पुर्वमा दानसाँघु,पश्चिममा उमगाड,उत्तरमा कर्णाली प्राविधिक शिक्षालय तथा दक्षिणमा तिला नदिको चारकिल्ला भित्रका औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलाप बन्द गर्ने जिल्ला गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
जिल्लाका अन्य क्षेत्रहरु तातोपानी,तिला,गुठिचौर, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा समेत अर्को सुचना नआए सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । भिडभाड,जमघट,भेला,पर्व,जात्रा तथा आसन्न चाँडपर्वहरु नगर्न नगराउन समेत निर्देशन गरिएको छ ।

कुनै पसल, संघ संस्था खोल्न समेत यो अवधिमा पाइनेछैन् ।प्रमुख जिल्ला अधिकारी थापाले संक्रामक ऐन २०२० को २(२)तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै मास्क, सेनिटाईजरको प्रयोग गर्न र साबुनपानीले नियमित रुपमा हात धुनको लागि आग्रह गरे ।उनले भने,‘स्वास्थ्य तथा सुरक्षा मापदण्डको पुर्ण पालना गर्न आग्रह गर्दछौँ

सम्बन्धित समाचार