जुम्लामा तीन जना संक्रमित, ८ जना डिस्चार्ज

दिलमाया शाही
जुम्लामा कोरोना संक्रमाण तिन जना थपिएका छन । ८ जना कोराना संक्रमित डिस्चार्ज भएका छन ् । उनीहरुको दोस्रो पटकको कोराना रिर्पोट नेगेटिभ आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका ८ जनाको डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । अस्पतालका मेडिकल रेकर्डर मेगराज बुढाका अनुसार ८ जना कोराना संक्रमित निको भएर घर जाँदा तीन जना भने कोराना संक्रमित थपिएका छन ।कोराना संक्रमितको कन्ट्रयाक ट्रेसिङ गर्दा चन्दननाथ नगरपालिका २ का २२ बर्षिय पुरुष,चन्दननाथ ४ का ३१ बर्षिया पुरुष र चन्दननाथ नगरपालिका ५ का ३३ बर्षिय एक पुरुषमा कोराना देखिएको हो । उनीहरु सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा राखिसकिएको मेडिकल रकर्डर बुढाले बताए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने पछिल्लो समयमा देखिएको संक्रमणको अवस्था हेर्दा समुदाय सम्म कोराना पुगिसकेको आशंका गर्न सकिने छ । उनले भने,‘कोराना संक्रमितको अवस्थालाई मध्येनजर गर्दै जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोराना समुदायमा फैलन नदिनको लागि लकडाउनको विकल्प छैन् । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउनको लागि जुम्लाबासीलाई अपिल समेत गरेको छ । ’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा हाल ६ जना संक्रमित छन् । प्रमुख जिल्ला अधिकारी थापाले घरवाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न जुम्लाका आम नागरिकलाई अनुरोध गरेका छन । उनले भने,‘सेनिटाइजरको नियमित प्रयोग र साबुनपानीले हातमुख धुनुपर्छ । सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्छ । यो मापदण्ड कार्यन्वयनका लागि स्थानीय प्रशासनले हदै सम्मको कडाई गरेको छ । कोराना संक्रमितको संख्या बढिरहेको बेला प्रशासन कार्यालयले जुम्लाका एक नगरपालिका सहित ७वटा गाउँपालिकामा निषेधाज्ञा गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापा ले भने ‘लकडाउनको पुर्ण पालना गर्न र लक्षण देख्ना वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न हार्दिक अपिल गर्दछु ।’

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी ओमप्रकाश देवकोटाका अनुसार निषेधाज्ञा पालना नगर्ने ३२ जनालाई कार्वाही गरिएको छ । जसमध्ये अधिकांस बालबालिका र बुढाबुढी छन् । उनीहरुले निषेधाज्ञा भएको बारेमा जानकारी नपाएको भन्दै अब उच्च सतर्कता अपनाएर अघि बढ्ने बताएका छन । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले कोराना संक्रण फैलन नदिनको लागि अधिकतम प्रयत्न भइरहेको छ । जुम्लाबासीले पनि सतर्क बन्नु पर्ने बेला आएको छ । ’सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुुुसार पछिल्लो २४ घण्टामा कर्णालीमा १४ जना कोराना संक्रमित थपिएका छन् । सुर्खेतमा ७ जना, धनुषामा १ जना, सल्यानका १ जना, भारतका १ जना र सल्यानमा १ जना कोराना संक्रमित थपिएका हुन । यस्तै जुम्लामा तीन जना र दैलेखमा १ जना कोराना संक्रमित थपिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । संक्रमित मध्ये २ जना महिला छन् ।सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

सम्बन्धित समाचार