युवा शक्तिलाई सदुपयोग गरौ प्रजिअ ःथापा


दिलमाया शाही
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले युवा जनशक्तिलाई देश विकासको लागि सदुपयोग गर्नु पर्ने बताउनु भएको छ ।उहाले सामुदायिक रेडियो नारी आवाज जुम्ला र जुम्लाका अगुवा युवाले अन्तराष्टीय युवा दिवस २०७७को अवसरमा आयोजना गरिएको रेडियो बहस कार्यालयक्रममा यस्तो बताउनु भएको हो। उहाले पछिल्लो पिडिका युवा शक्तिलाई सहिरुपमा प्रयोग गर्न सकेको खण्डमा देशको समृद्धी हुने बताउनु भएको छ ।
बुधबार परेको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरिएको रेडियो बहस कार्यक्रममाप्रजिअ थापाले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देश विकासमा लगाउन सकिने बताउनु भएको छ । युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको भन्दै उहाँले २५ प्रतिशत युवा रोजगारी र शिक्षाका लागि देश बाहिर गएको बताउनु भएको छ । उहाँले युवा विदेशिनबाट रोक्न स्थानिय सरकारले ठोस कार्याक्रम ल्याउनु पर्ने बताउनु औल्याउनु भयो ।

त्यस्तै समाज बिश्लेषक तथा पत्रकार महेश नेपालीले युवालाई रोजगारी संग जोड्नका लागी स्थानिय सरकाले कुनै ठोस निति नल्याएको बताउनु भयो ,। उहाले धेरै युवा शक्ती जिविको पार्जनको लागी बाध्यता बस बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाउनु पर्ने औल्याउनु भयो ।

त्यस्तै सामुदायिक रेडियो नारी आवाज जुम्लाको समन्वयमा भएको रेडियो बहस कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका शिक्षा युवा तथा खेलुकुद शाखाका प्रमुख खडानन्द चौलागाइले युवालाई रोजगारी संग जोड्नका लागी स्थानिय सरकार साथमा रहेका बताउनु भयो ।उहाँले भन्नुभयो सामाजिक जागरण र नीति निर्माणका तहमा पनि युवा वर्गको समानुपातिक सहभागिता रहन आबश्यक रहेको छ । चौलागाइले चन्दननाथ नगरपालिकाले युवाका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जुम्लाका युवाको लागी नयाँ र पुरानो पुस्ता मिलेर ज्ञान सिप, सामथ्र्य र अनुभव बाडेर देशका लागि प्रयोग गर्नुपर्ने आबश्यक रहेको छ ।युवाको क्षमता र सहभागिता बृद्धि गर्न सकेको खण्डमा सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने रेडियो बहसले निष्कर्ष निकालिएको छ । ।

सम्बन्धित समाचार