बिपद ब्यवस्थापनमा स्थानिय तह निस्कृर्य ,
बिपद ब्यवस्थापनमा स्थानियतह निष्कृर्य भएको सरोकारवाला निकायले बताएका छन । जिल्ला बिपद ब्यवस्थापन समितिले आयोजना गरको बिपद पुर्व तयारी तथा बिपत प्रतिकार्य योजना बैठकमा यस्तो बताएका हुन। जिल्ला बिपद ब्यवस्थापना समितिमा प्रत्येक स्थानिय तहका अध्याक्षलाई सदस्य राख्ने प्रवाधानछ । तर उनिहरुले अहिले सम्म आफ्नो पालिका स्तरको जोखी पहिचान गरेर बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना बनाएको पाइदैनन ,।यसले गर्दा स्थानियतह बिपद पुर्वतयारीका बारेमा निष्कृय भएको सरोकारवालाहरुले बताएका हुन । यस पटक भने बिपत प्रतिकार्य योजनामा कोभिड १९ अर्थात कोरोना भाईरस समेटिएको छ ।
जिल्लाको बिपत प्रतिकार्य योजनामा कोभिड १९ रोकथामका लागि गर्नुपर्ने कामहरु समेटिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । जिल्ला बिपत व्यवस्थापन समितिको आयोजनामा जिल्ला बिपत प्रतिकार्यका लागि जुम्लाका स्थानीय सरकार, संघीय सांसद,प्रदेस सांसदहरु, र सरोकारवाला निकायहरुको सहभागितामा जुम्लाको विपत प्रतिकार्य योजना अगाडि बढाईएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाईमा निर्माण हुन गरेको जिल्ला बिपद प्रतिकार्य प्रतिकार्य योजनामा कोभिड १९ र बिभिन्न प्रकारका बिपतले पुर्याउने क्षेत न्युनिकरण गर्नका प्रतिकार्यको योजना बनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको वैठकमा कोभिड १९ का लागि समेटिएका प्रावधानहरु र समग्रह रुपमा जुम्लाको जोखीमको अवस्थाका बारेमा पनि उल्लेख गरिएको छ । बिपत प्रतिकार्य योजनामा जुम्लामा कोभिड १९ले निम्त्याएका समस्या स्वास्थ्य , शिक्षा ,पोषण सुरक्षा सहित विभिन्न सवालहरु समेटिएका छन् ।
त्यस्तै कोभिड १९ को तथ्यांक संकलन, सेल्फ क्वारेन्टाईन, स्थानीय संचार माध्यामबाट प्रचार प्रसार, सामाजिक दुरी कायम अनिवार्य, आपतकालिन खाद्य सुरक्षा भण्डारण, वैठक अनुगमन तथा मूल्यांकन, मनोसामाजिक परामर्श क्रियाकलाप हरु भएका छन । जिल्ला बिपत व्यवस्थापन समितिको वैठकले बिपद प्रतिकार्य योजनाको प्रस्तुत गरी सरोकारवालाहरुको सूझाब लिईएको थियो । प्रतिकार्य योजनाका बिषयमा स्थानीय सरकार सहित सरोकारवालाहरुले सूझाव दिएका छन् ।
त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले प्रतिकार्य योजना कार्यान्वय मुखी नभइ कार्यक्रम मुखी हुने हुदा आगामी दिनमा प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयोे । सिञ्जा गाउँपालिका अध्यक्ष देवसिंह रावलले नाग्म गमगडि राजमार्गनै बिपतको जोखीमको मुख्य बिन्दु भएकोले प्रदेश सरकार र संघिय सरकारले प्रथामिकता दिनु पर्ने बताउनु भयो ।
चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बिपत योजनाको मस्यौदा सम्बन्धित तहलाई दिनुपर्ने र अध्यायनपछि मात्रै अन्तिम रुप दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले प्रतिकार्य योजना अध्ययन गरेर पुरा गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा संघीय सांसद गजेन्द्र बहादुर महतले बिपत सहित हरेक कुरा सवैभन्दा बढि स्थानीय तहको जिम्मेवारी बढि रहेको बताउनुभयो । उहाले अन्य निकायहरुमा समन्वय गर्न आवश्यकता रहेको सूझाव दिनुभयो । बिपत व्यवस्थापन समितिले जिल्लाको बिपतको अवस्थाको तथ्यांक अनिवार्य राख्न आवश्यक रहेको छ ।
पूूर्व संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले बिपत ब्यवस्थापनका लागी स्थानीय सरकार बढि बलियो हुन आबश्यक छ । उहाले कोभिड १९को महामारी रहेकोले प्रत्येक घरको एकजनार्लाई पिसिआर परिक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।प्रदेश सांसद पदमबहादुर रोकाया, दिनवन्धु श्रेष्ठले अहिले सवै हामी आपत बिपतमा रहेको भन्दै कोभिड रोकथाममा सवै सरोकारवालाहरु प्रथामिकताका आधारमा बिपत रोकथाममा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी बिपत वैठकमा जिल्लामा कोभिड संक्रमणका बिरामी बोक्ने एम्बुलेन्सका लागि रु ६० हजारका दरले जिल्लाका आठ वटै स्थानीय तहले रकम बिनियोजन गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनुभयो ।








