जुम्लाको टेलीफोन सेवा अस्त वेस्त ।

दिलमाया शाही
जुम्लाको टेलीफोन सेवा अस्त वेस्त हुदा नागरिकलाई समस्या भएको छ । टेलिफोन काटिने र इन्टरनेट नचेलेका कारण नागरिक हरानी भएका हुन । जुम्लामा लकडाउन पछि फोन कट्ने, प्रस्ट आवाज सुनिने समस्याले हैरान बनाएको यहाका नागरिकको गुनासो छ । नेपाल टेलिकमले जोडेको एडिसेलले काम नगर्दा इन्टरनेट बाट संञ्चालन हुने सेवा प्रभावित भएको छ ।सदरमुकाम खलङ्गामा समेत मोबाइल प्रस्ट नसुनिने भएकाले दुर्गमको अबस्ता केहोला भन्दै सरोकारवाला निकार्य प्रति नागरिकले प्रश्न गरेका छन ।

स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको हप्तौ दिन पुग्दा पनि सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको बताउनु भएको छ ।नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठलग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको बताए । जुम्लाको संञ्चार सेवा हिउदमा हिउ पर्न बितिकै र बर्खामा बादल लाग्न बितिकै सेवा अबरुद्ध हुने समस्या अहिलेको मात्रै होइन ।

नेपाल टेलिकमले शाखा बिस्तार गरेदेखीकै समस्या भएपनि सरोकारवाला निकाय मौन बसेको नागरिकको गुनासो छ। खाने पानी , बिधुत्त , स्वास्थ्य जस्ता नागरिकका दैनिकी संग जोडीएका बिषयको समस्या समाधानका लागी राज्नै निष्कृय भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतको भनाइछ ।

उहाले भन्नुभयो, जब टेलीफोन सेवामा समस्या आउन मर्मतको लागी समान आउन हप्तौ दिन लाग्ने गरेको पाइन्छ ,। यसैगरी इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ । इन्टरनेट ढिलाइले सबै भन्दा बढी असर संञ्चार क्षेत्रमा परेको छ । संञ्चारगृहलाइ एउटा समाचार पठाउन घण्टौ लाग्ने गरेको पत्रकार महासङ्घका जनाएको छ । इन्टरनेट कमजोरीका कारण बैंक तथा वित्तीय संस्थाका कामदेखि ई(प्रणालीबाट गरिने आर्थिक कारोबारसमेत प्रभावित हुने गरेको छ ।