गाडी भाडामा भएको मनपरी रोक्न प्रशासनले कानुनी काबार्ही गर्ने ,

दिलमाया शाही
जुम्ला बजार देखी बिभिन्न स्थानमा संञ्चालन हुने गाडी भाडामा भएको मनपरी रोक्न प्रशासनले कानुनी काबार्ही गर्ने भएको छ ।जुम्लाको खलंगा बजार देखी संञ्चालन भएका साना गाडीले मनपरी भाँडा लिएको भन्ने जनगुनासो बढे पछि यसलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले कानुनी काबार्ही गरिने बताएको हो । यसअघि पटकपटक साना गाडीले मनपरी भाडा लिएको भन्दै जुम्लाका नागरिकले गुनासो गरेका थिए । नागरिकको जनगुनासो लाइ मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा ट्रफिक कार्यालयका प्रमुख सुरक्षा निकाय प्रमुख , र यातायात ब्यवसायिक बिच आइतबार बसेको बैठकले बिभिन्न बहानामा मनपरी रुपमा भाडा असुल्ने सवारी साधनलाई कानुनी काबार्ही गर्ने निणर्य गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकास देबकोटाको संयोजकत्वमा गाडी भाडामा भएको अनियमितता रोक्न अनुगम गरिने भएकोे छ ।

प्रमुख जिल्ला अधिकारी थापाले यातायातका साधनले मनोमानी भाडा असुल्दा यात्रु मर्कामा परेको भन्दै साविककै भाडामा यातायात संञ्चालन गर्न निर्देशन दिनुभएको छ ।उहाँले प्रशासनले गरको निणर्यलाइ वेवास्ता गरी अटेरी गरेको खण्डमा कानुनी प्रक्रिया अगाडी बढाउने चेतावनी समेत दिनु भएको छ । जुम्ला सदरमुकाम देखी बिभिन्न स्थानमा संञ्चालन हुदै आएका सवारी साधनले सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालन गर्ने गरी सबिकमा लिदै आएको भाडा लिन पाउने निणर्य गरेको छ ।

त्यस्तै कुनै पनि सवारी साधनले साबिकको भन्दा बढी भाडा लिएको पाइएमा कानुनी काबार्ही गरिने समेत निणर्य गरिएको छ । जुम्ला देखी भिन्न गन्तब्यमा संञ्चालन हुने सवारीले सडक अनुमती पत्र लिए नलिएको पंजीकरण भए नभएको सम्बन्धमा पनि ट्रफिक प्रहरी र यातायात ब्यवस्था कार्यालय बिचको आपसी समन्वयमा अनुगमान गरिने छ । त्यस्तै आवश्यक सहयोगका लागी जिल्ला स्थित यतायात कार्यालय सुरक्षा निकाय पत्रकार महासंघ र नागरिक समाजको सहयोगमा भाडामा भएको अनियमिता रोक्न काबार्ही गरिने भएको छ ।

यस अघि जिप,, बस लगायत साधनले जुम्ला खलंगा देखी कुडारी बजार सम्म प्रति यात्रु ३ सय रुपौया भाडा लिँदै आएको नागरिकले गुनासो गरेका थिए । त्यस्तै जुम्ला बजार देखी त्रिवेनी सम्मा पाच सय भाडा लिएको तिला गाउपालिकाका ५ वडा अध्यक्ष कालिबहादुर बुढाले बताउनु भयो । साना गरीले कोभिड १९को बहानामा टिकट नकाटेरै नागरिक बाट मनलाग्दी भाडा लिने गरेका थिए ।

लकडाउन पहिले जुम्ला बजार देखी कुडारी सम्म साना गाडीले एक सय ५० भाडा लिर्दै आएका थिए । तर त्यो भाडा पनि सरोकारवालाहरुले निर्धारण गरेको भाडा भने होइन यातायात ब्यवसायिकले नै मनपरी गरेको भाडा नै हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भन्नु भयो, भदौ १ गते बाट लागु हुने गरी जुम्लाको नँया भाडादर लागु गरिने छ । उहाले भन्नु भायो नागरिक र यातायात व्यवसायिक पनि मर्कामा नपर्ने गरेर भाडादर निर्धारण गरिने छ । निधारण गरिएको भाडा प्रत्येक गाडीले अनिबार्य टाँस्नु पर्ने छ ।

सम्बन्धित समाचार