कोरोना लडाइ जित्न समुदाय आफै सचेत हुनु पर्छ ः डब्लुडब्लुजे ।
दिलमया शाही
लकडाउन खुले पछि देशभर समूदायस्तरमा फैलिदो कोभिड १९ को उचित व्यवस्थापन नगरे भयावह अवस्था सिर्जन हुन थालेको छ । बर्नमाउथ युनिभर्सिटी, लण्डनको सहयोगमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आयोजना गरेको कोभिड १९ लकडाउन पछिको अवस्था , बढ्दो जोखिम र अपनाउनु पर्ने सवाधानीका बारेमा भर्चुवल सन्डेक्लव कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरिएको छ उक्त ।कार्यक्रममा काठमाडौं मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा.सुनिल कुमार जोशीले भन्नुभयो राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा सरकारले केही गर्छ भन्नु भन्दा समूदायले आफैं सुरक्षाको व्यवस्था गर्नुपर्ने बताउनु भयो । कोभिड १९ नयाँ रोग भएको बिश्वन्े थला परेको अबस्थामा पनि यस रोगको विशेषज्ञ कोही पनि नभएको हुदा समुदाय आफै सचेत हुनुको बिकल्प छैन ,उहाले भन्नुभयो यो रोगले, ठाउँ अनुसार यसको स्वरुप र लक्षण समेत फरक देखिएको हुनाले मास्क लगाउनु, सावुन पानीले हात धुनु वा ७० प्रतिशत अक्कोहल भएको सेनिटाइजरले हात धुनु, कम्तिमा एक मिटरको ब्यक्तिगत्त तथा सामाजिक दूरी राख्नु पर्ने आबश्यक छ । कुनै पनि प्रर्याप्त हावाको आवागमन हुने स्थानमा (भेन्टिलेटर) बस्नु यसबाट बाँच्ने उपाय भएको उहाँको भनाइ थियो ।प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिदै उहाँले लागेपछि उपचार नभएकोले लाग्न नदिन तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।
सरकारले लकडाउन खुलेको घोषणा गरेपटि पछि धेरैले विश्वव्यापि सुरक्षा सर्तकता नअपनाएकोले पनि जोखिम बढेको छ ।काठमाडौं मेडिकल कलेजमा आएका न्यूरोका विरामी र सुत्केरी महिलाको शल्यकृया गरी घर पठाएपछि उनीहरुमा कोभिड १९ भएको पृष्ठी भएको हुनाले स्वास्थ्यकमी र सहयोगीकाडराएका थिए । हामीले पनि लकडाउन पछि यस्तै सुरक्षाका उपाय अपनाए कोरोना सर्दैन ।मुलुकमा आर्थिक समस्या परिरहेकोले लकडाउन खोल्न परेको सरकाले बताउदै आएको छ ।
बढि भिडभाड भएको स्थानमा नजाने, कुनैपनि कार्यक्रमको आयोजना नगर्ने, धार्मिक र सामाजिक कार्य नगर्ने जस्ता उपाय अपनाउनु पर्ने काठमाडौं मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा जोशीले सुझाव दिनु भएको छ धेरै व्यक्ति जम्माको र गुम्सेको स्थानमा कोरोनाको एक जना पनि विरामी पनि भए ९९ प्रतिशत कोरोना सर्छ । कोरोनाको उपचारको औषधी नभएको अवस्थामा बिरामीलाई भएको अरु दीर्घ रोगको औषधी दिनुका साथै नियमितरुपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।








