मास्क नलगाउने लाइ प्रशासनले कार्वाही गर्दै


दिलमाया शाही
मास्क नलगाएर हिड्नेब्यक्तिलाई प्रशासनले कावार्ही गर्ने गरेको छ । आबश्यक कामका शिलशिलामा बाहिर निस्कदा मास्क अनिबार्य लगाउनु पर्ने सरकारले मापदण्ड तोकेको छ । अटेरी गरी जुम्ला बजारममास्क नगलाइ आउनेलाइ प्रशासनले काबार्ह प्रक्रिया अगाडी बढाएको हो । प्रशासनले शुक्रबार पहिलो दिन एक सय जनालाई जुम्ला प्रहरीले कार्वाही गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार पहिलो दिनमा एक सय जनालाई कार्वाही गरिएको हो ।

मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर संक्रामक ऐन अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर सम्झाइ बुझाई गरेर पठाउने गरिएको छ । शुक्रबार देखी जुम्लामा मास्क नलगाउने कम छन् । ९० प्रतिशतले मास्क लगाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले भने,‘अधिकांसले खल्तीमा मास्क बोकेर पनि नलगाएर हिडेको पाइएको छ । ’
सदरमुकाम खलंगाको कृर्ष मन्दिर , कालेखोली चौँक र बसपार्कमा प्रहरी परिचालन गरिएको छ । प्रहरी नायव उपरिक्षक धामीले भने ‘मास्क नलगाउनेलाई समातेर सचेतना दिने, मास्क लगाउन भन्ने र अटेरी गर्नेलाई कार्वाही गर्ने गरिएको छ । ’मास्क नलगाउनेबाट १० हजार रुपैयाँ राजश्व संकलन भएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा आफैँ घरदैलोमा पुगेर मास्क वितरण गरेका थिए ।। सामाजिक दुरी कायम गर्न र मास्क सेनिटाइजर र साबुन पानीले हात धुनको लागि सचेत गराएका थिए