नागरिकको अभिलेख लाई डिजिटलाइज बनाउन राष्ट्यि परिचय वितरण कार्य शुरु
दिलमाया शाही
जुम्लामा राष्ट्यि परिचय पत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाई परिचय पत्र दिएर औपचारिक रुपमा परिचय वितरण कार्य शुभारम्भ भएको हो । प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले एक कार्यक्रमका बीच उहाहरुलाई परिचय पत्र प्रदान गर्नु भएको छ । ,सांसद महतले भन्नुभयो हामी विस्तारै आधुनिकिकरण तिर जादैँछौँ । डाटा राख्न मेसिन रिडेबल नै चाहिन्छ,सांसद महतले भने,‘प्रविधि पछ्याउँदै हरेक व्यक्तिको तथ्यांकलाई व्यवस्थापन गर्न लागेको प्रति आभारी नै छौँ ।
सांसदमा पनि राष्ट्यि परिचय पत्र र छपाईका बारेमा निकै छलफल चलेको थियो ।उहाले भन्नुभयो, राष्ट्यि परिचय पत्र निकै प्रभावकारी छ । सांसद महतले आगामी दिनमा सबै नागरिकले राष्ट्यि परिचय पत्र पाउने बताउनु भयो् । परिचय पत्रको सदुपयोग गर्नेछन् । एउटै कार्डले धेरै काम गर्ने छ । हरेक कामकाज गर्न सहज हुनेछ । ’त्यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नागरिकको अभिलेख लाई सरकारले डिजिटलाइज गर्ने अभिप्रायले राष्ट्यि परिचय पत्रको अवधारणा आएको बताउने भयो ।
हाम्रा सबै कागज पत्रलाई एउटै चिप्समा ल्याउन खोज्दैछौँ । कागजपत्र हराउने र पानीमा भिज्ने संभावना हुदैन । हराएको खण्डमा फेरी निकाल्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, यो कार्यले नागरिकको व्यक्तिगत विवरण सुरक्षित हुनेछ । भने यो परिचयपत्रले गर्दा अपराध अनुसन्धानमा सघाउ पुर्याउने छ । विद्युतीय शासन प्रक्रिया कार्यन्वयनमा ल्याउन मद्धत मिल्ने देखिएको छ । ’प्रमुख जिल्ला अधिकारी थापाका अनुसार पहिलो पटक समन्वय प्रमुख र नगरपालिका मेयरलाई प्रदान गरिएको भन्दै आगामी दिनमा सर्वसाधारणलाई पनि राष्ट्यि परिचय पत्र उपलब्ध गराईने छ । जुम्लामा १ हजार ८ सय जनाको विवरण संकलन भएकोमा ४ सय ५० जनाको परिचय पत्र आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनु भयो । उहाले भन्नुभयो यहाँबाट संकलित विवरण पठाइ सकिएको छ । छापिसकेको पनि जानकारी आइसकेको छ । तर ल्याउन असहज भइरहेको छ । विस्तारै छापिएको सबै कार्ड आएपछि वितरण गरिने प्रशासन कार्यलयले जनाएको छ ।








