औषधी जन्य बिरुवाको संरक्षणमा जुट्दै वनस्पति अनुसन्धान केन्द्र, ।
भनिन्छ नि नेपाल प्राकृकको धनी देश अनि,हरियो वन नेपालको धन भन्ने पनि उखान छ ।तर यो उखान, उखानमै सिमित छ ,। त्यस्तै कर्णाली प्रदेश जडीबुटीको धनी भनेर धेरै नेताले भाषण पनि गछर्न । तर संक्षरण गर्नुपर्ने ठाउमा बिनास मात्रै भएको पाइन्छ । यस कारणले हरियो वन नेपालको धन भन्ने उखान ,उखानमै सिमित भएको हो । वनजंगल फडानी हुनु जडीबुटीको चोरी निकासी हुन र ,अबैध उत्खान जस्ता कार्यले गर्दा औषधी जन्य बनस्पती लोभ हुने अबस्थामा पुगेका छन ।यस्ता कार्यले जुम्लामा जलवायु परिवर्तनको असर समेत गरेको छ ।वन फडानी हुदा उत्पादनमा गिरावट पनि आएको छ । पछिल्लो समयमा औषधी जन्य र लोभउन्मुख जडीबुडी संरक्षण गर्नका लागी जिल्ला वनस्पती अनुसन्धान केन्द्र लागी परेको छ ।जुम्ला जिल्लाको ठिन्केमा रहेको वनस्पति अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०७६र७७ जडीबुटी खेती गर्न ईच्छुक कृर्षक तथा जडीबुटी समूहलाई निशुल्क औषधी जन्य बिरुवा बितरण गरेको छ । आफुले उत्पादन गरेका अतिसका विरुवा इच्छुक कृर्षक समहु र किसानलाई बितारण गरेको हो ।
जुम्ला जिल्लाका गुठिचौर, पातारासी, सिँजा, तातोपानी क्षेत्रका कृषृक तथा जडीबुटी समूहलाई दुई लाख पचास हजार अतिसका विरुवा वितरण गरिएको हो। वनस्पति अनुसन्धान केन्द्र, जुम्लाले अतिस विरुवा र डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियारका बिरुवा समेत निशुलक रुपमा बितरण गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख चन्द्र मोहन गरुमछानले बताए । उनले भने प्राकृतिक वासस्थानको जडीबुटीको संकलन कम गर्न तथा जडीबुटी खेतिको माध्य बाट किसानलाई रोजगारीको अवसर सृर्जना गर्नका लागी यस्तो कार्यक्रम गरिएको हो । उनले थपे एका तार्फ लोभ उन्मुख जडीबुटीको संरक्षण हुने र अर्को तर्फ स्थानियको आर्थिक विकासमा सहयोग पुर्याउने उद्दे्रयले निशुल्क बिरुवा स्थानियलाई दिइएको हो । किसानले गरेको खेतिको माध्यमबाट जडीबुटीको बंश सँरक्षण हुने भएकाले पनि उनिहरुलाई निशुल्क बिरुवा बितरण गरिएको छ ।
औषधिको लागी प्रयोग गरिदै अतिस ।।

स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने यस विरुवा करिब १ मिटर सम्म अग्लो हुने, गरेको पाइन्छ । यो बिरुवा नेपालको हिमाली क्षेत्रमा पाईने रैथाने विरुवा हो।यस विरुवाको जमिन नजिकैको काण्डबाट पातहरु पल्लाएर आउछन, पातहरु पाँच खण्डमा विभाजित भएको हुन्छ । यसका प्रत्यक खण्डहरु अझ धेरै खण्डमा विभाजित हुन्ने गरेको बनस्पती अनुसन्धान केन्द्रले जनाएको छ । अनुशन्धान केन्द्रका आनुसार अतिस वैजनी तथा प्याजि रङ्गको फुलहरु लहरै एकै तर्फ फर्केर फुलेका हुन्छन। यसको विरुवाको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त विकार, कलेजो सम्बन्धि समस्या भएका हरुको लागी औषधीको रुपमा प्रयोग गरिदै आएको चित्सकहरुले बताएका छन। उनिहरुका अनुसार अतिसको बिरुवाले वाथ रोग, छारेरोग, भोक नलाग्ने समस्या भएका ब्यक्ति र गाईवस्तुको खुरमा भएको घाउहरुको लागी उपचारमा प्रयोग गरिदै आएको छ ।








