जुम्ला सुनौला हजार दिनका आमाहरुलाइ पोषण झोला वितरण ,

चन्दननाथ नगरपालिकाले सुनौला हजार दिनका आमाहरुलाइ पोषण झोला वितरण गरेको छ । नगरपालिका भित्रका ३० जना आमाहरुलाई पोषण झोला वितरण गरेको हो । १ र ४ नम्वर वडाका सुनौला हजार दिनका आमाहरुलाइ पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख पृथ्विनाथ योगीले जानकारी दिनुभएको छ । दुवै वडाका १५÷१५ जना आमाहरुलाइ वितरण गरेको उहाँको भनाइ छ । सुरक्षित मातृत्व तथा सुत्केरीको पोषण सुधारका गर्ने उद्देश्य रहेको स्वस्थ्य शाखा निरिक्षक क्षेत्रवहादुर महतले बताउनु भएको छ । प्रत्येक आमाहरुलाइ ५ केजीे रातो लोकल चामल, १ लिटर तेल, २ केजी सिमीको दाल, ५केजी आटा, एक क्यारेक्टर अण्डा, १ चक्की नुहाउने सावुन, मन्जन, ब्रस, रायोको बिउ र गाजरको बिउ वितरण गरिएको महतले बताउनु भएको छ ।

सुत्केरी आमालाइ पोषणको उपलब्धता तथा मातृशिशु मृत्यदर कम गर्नु प्रमुख उद्देश्य रहेको महतको भनाइ छ । बहुक्षेत्रीय पोषण योजना अन्तर्गतको बजेटबाट नगरपालिकाले वितरण गरेको निरिक्षक क्षेत्रवहादुर महतले जानकारी दिनुभएको दिनुभएको हो । युुनिसेफ, बहुक्षेत्रीय पोषण योजनाको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाको आयोजना पोषण र झोला वितरण गरिएको हो । सुत्केरीलाई पोषण तथा सरसफाइ सामग्री सहितको झोला प्रदान गरिदा आमाहरु हर्षित । आमाहरुलाइ पोषण झोला वितरण गर्दै महिलाका पीडा महसुस गरी नगरपालिकाबाट आमालाई सानो सहयोग कार्यक्रम संचालन गरिएको नगर प्रमुख कान्तिका सेजुवालले बताउनु भएको छ । नवजात शिशु र आमाको पोषण अवस्थामा सुधार ल्याउनका लागी सामाग्री वितरण गरिएको उहाँको भनाइ छ । गर्भावस्था देखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा चेकजाँच र प्रसुति गृहमा नै सुत्केरि गराउनु पर्ने जनाउँदै बच्चा जन्मीएपछि आमाले नियमित पोषिला खानेकुरा खानुपर्ने सेजुवालले बताउनुभयो ।

सम्बन्धित समाचार