पातारासिले पर्यटन क्षेत्रको विकासका लागि ठोस कार्यक्रम संचालन गर्ने

 

पातारासि गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि ठोस कार्यक्रम संचालन गर्ने रणनीति बनाएको छ । विश्वकै अग्लो स्थानमा धान फल्ने छुम ज्युलो, धानचौरी तातोपानी क्षेत्र र होमस्टेलाई पहिलो प्राथमिकता दिएर कार्यक्रम संचालन गरिने भएको हो । पहिले देश अनि विदेश भन्ने सलोगनलाई आत्मसाथ गरी पर्यटन सम्बन्धी कार्यक्रमहरु संचालन गरिने गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनु भयो वश्वको सबैभन्दा अग्लो स्थानमा धान फल्ने छुम ज्युलोमा प्रत्येक वर्ष धान महोत्सव गरिने उहाँको भनाइ छ । उहाँका अनुसार विश्वका मानिसलाई धान रोपाइका बारेमा जानकारी गराउने कार्यक्रम तयार गर्ने रणनीति बनाईएको छ ।

आर्थिक समृद्धिका साथै विश्वसामु चिनाउने काम गर्ने तयारी भएको अध्यक्ष बोहोराको भनाइ छ । छुम ज्युलोका बारेमा प्रचार प्रशार गर्दे हरेक मुलुकका नागरिकलाई एक पटक ल्याउने बताबरण तयार गर्न लागिएको उहाँले जानकारी गराउनु भयो । पातारासिमा पुग्ने पर्यटनका लागि संघिय सरकारबाट स्वीकृत ल्याई पातारासि हिमालको पर्वतारोहण गर्न लगाउने योजना निर्माण गरिने प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढथापाले बताउनु भयो । पर्यटनको संभावना भएका प्रत्येक वडामा केन्द्र रहने गरी होमस्टे संचालन गरिने तापारासिको लक्ष्य रहेको बुढथापाको भनाइ छ ।

सम्बन्धित समाचार