युवाहरुको सक्रियतामा गाउमा खानेपानीका धारा निमाण ।

,

तिलागाउपालिका तिन दानी वाडाका स्थानिय युवाहरुको सक्रियतामा खानेपानीका धारा निमाण गरिएको छ । पढाइको सिलसिलामा बाहिर बसेका युवा लकडाउनको समयामा घर फर्केर खानेपानी निमार्ण गरेका हुन । उनिहरुले फुसर्दको समयमा खानेपानीको धरा निमर्ण गरेपछि दानीवाडाका स्थानियलाई सहज भएको छ । तिला तिनका धनबहादुर वुढाले भने हाम्रो गाउमा सुद्धखानेपानी थिएन पानी पर्दा भेलमिसिएको पानी बिहान बेलुका मात्रै आउछ तर अरु खानेपानीको बिकल्प नभएपछि दानी वाडाका झ्ण्डै दुई सय घरदुरीका स्थानियले त्यही पानी खार्दै आएका थिए । अहिले प्रत्येक घरबाट पाँच हजार रुपैया उठायर खाने सिम भन्ने ठाउबाट पानी ल्याए पछि दानी वाडाका स्थानियलाई दुर्षित पानी खानुपर्ने बाध्यता हटेको छ ।दानी बाडा गाउको लागी सबैको सक्रियतामा धारो निमार्ण गरी दैनिक पानी आउने भएपछि सबै हर्र्षीत भएका छन । युवाहरुले आफै गाउको बिकास आफै गर्नु पर्छ भन्ने उद्देश्यले आफै रुपैया उठायर खानेपानीको धारा निमार्ण गरेको आर्का युवा धन बहादुर थापाले बताए । बर्षौ देखी वर्खायामको समयमा भेल मिसिएको पानी खाद्ै आएका स्थानियको समस्या नत वडा सरकार देख्यो नत गाउपालिकाले देखेको थियो। युवाहरुले थालेको पहले गाउमा पानी पुग्दा स्थानियलाई राहतको महसुस भएको छ ।

सम्बन्धित समाचार