दुधमा आत्मा निर्भर जुम्ला बनाउन अनुदानका कार्यक्रम लागु ।

पुशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले दुधमा आत्मा निर्भर जुम्ला बनाउनका लागी अनुदनका कार्यक्रम संञ्चालन गरेको छ । पछिल्लो समयमा दुध र माछा मासुको उत्पादन क्षेत्रको बृद्धी गर्नका लागी साना ब्यवसायिकका लागी आनुदनका कार्यक्रम संञ्चालन भएको हुन । पशु अस्पताल तथा पशुसेवा कार्यलयले किसानहरुका लागी संञ्चालन गरेको अनुदन कार्यक्रमले जुम्लाका ग्रमिण बस्तीका बासिन्दाको लागी आयआर्जनको माध्यम बनेको छ । आर्थिक वर्ष ०७६र७७ मा संञ्चालन भएका साना व्यवसायीका आयोजानाका काम प्रभावकारी भए पछि न्युनआय भएका हरुको लागी आम्दानीको स्रोत बनेको हो। कर्णाली प्रदेश भुमि ब्यवस्था तथा कृर्षि सहकारी मन्त्रालय अन्तरगत्त पशुसेवा कार्यलय जुम्ला बाट संञ्चालन भएका आयोजना प्रभावकारी भए नभएको बिषयमा अनुगमान गरिएको छ ।

जिल्ला समन्वय समिका प्रमुख लाल बहादुर सार्की साहयक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा ,पत्रकारलगायतको टोलीले शुक्रबार अनुगमान गरेको हो । पिपल चौतारा पशुपालन उद्योग ,गुठीचौर, पुजा भौसी पालन उद्योग र आत्मा कुखुरा पोल्टीफर्म लगायतका आयोजनाको अनुगमन गरिएको छ । गुठीचौर गाउपालिकाका बिभिन्न वडाहरुमा संञ्चालन भएका साना ब्यवसायिकका आयोजना प्रभाबकारी भएका छन । पशुसेवाबाट संञ्चालन भएका आयोजनाहरु साढे पाँच लाख देखी , ६लाख सम्मका छन ।जुम्ला जिल्लामा सञ्चालन भएका पशु अस्पताल तथा पशु सेवा कार्यालयका आयोजना प्रभावकारी हुनुको कारण किसानलाई फाइदा हुने बताए ।, पछिल्लो समयमा जुम्लाका भौसी पालक किसानहरु सक्रिय भएपछि दुधको उत्पादन बढेको छ ।

सरकारले नै कृर्षी क्षेत्रको उत्पादन बनाउने उद्देश्य अनुसार साना ब्यवसायिकका किसान लाभम्बित भएका छन । आर्थिक वर्ष ०७६र७७ कासाना व्यवसायीका आयोजानाका काम प्रभावकारी भएका छन । यता जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले सरकारी लगानी भएकाले मापदण्ड अनुसार बनाइनु पर्ने बताए ।पशुले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा व्यवसायी कार्यक्रम सञ्चालन गर्दै आएपछि न्युनआएभएका किसानलाई राहत भएको गोरीकला कामीले बताइन । उनले भनिन आधा लगानी हामी आफैले गरेका छौ , यसले गर्दा जिबिको पार्जनमा सहज भएको छ ।

पशुसेवाकार्यलयको ६लाख अनुदान बाट पुजा भौसीपालन उद्योग संञ्चालन गर्दै आउनु भएका भरतराज जैसीलाई पनि दुध बिक्रिबाट दैनिकी चलाउन सहज भएको छ । उनले भने मैले ६वटा भौसी पालेको छु । दैनिक ४० लिटर दुध उत्पादन हुन्छ ।यसबाट बार्षिक झण्डै ५ लाख आम्दानी हुर्दै आएको छ । उनिमात्रै होइन अनुदानका कार्यक्रम मर्फत ब्यवसायिक संञ्चालन गर्दै आएका किसानका लागी जिविकोपार्जनमा सहज भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले भने चालु आर्थिक वर्षमा संचालन भएका कार्यक्रम ग्रामीण कुखुरा पालन, भैसी पालन भेडाबाख्रा पालन ,खरायो पालन जस्ता कार्यक्रम गाउबस्तीमा लागु भएका छन । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले किसानलाई व्यावसायिक पशुपालनतर्फ अग्रसर बनाउने उद्देश्यले यस्ता कार्यक्रम संञ्चाल गरेको हो ।