जुम्लामा युवाहरुका लागि मानसिक परामर्श कार्यक्रम संञ्चालन,
समाजमा हुने जुनसुकै विपद व्यवस्थापनमा युवाको भुमिका अग्रणी हुन एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । उनीहरुले त्यसका लागि हरेक युवामा सकरात्मक सोच हुनु पर्ने बताए । समाज र राष्ट्को विकास गर्न र विपदको व्यवस्थापनमा युवाशक्तिको साथ चाहिन्छ । सहभागिहरुले भने,‘जसका लागि सकरात्मक सोचको आवश्यकता पर्छ । ’विपद् व्यवस्थापन कार्यमा परिचालित युवाहरुका लागि मानसिक परामर्श कार्यक्रममा सहभागि सरोकारवालाहरुले युवा समाजका गहना भएकोले देश निर्माणमा सक्रिय हुनुपर्ने बताए ।चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल भन्छिन्,‘ युवा राष्टका गहना हुन ।
उनीहरुको मेहनत र हिम्मतले मात्र राष्ट्को काचुली फेर्न र देशमा हरेक प्रकारको विकास संभव छ । ’ उनले युवाको हकअघिकारका लागि नगरपालिका सधैँ तत्पर रहेको बताउँदै सकरात्मक पक्षमा साथ दिन आग्रह गरिन् ।युवाहरु सहि रुपमा प्रयोग र परिचालन हुन सकेको खण्डमा विकासले फड्को मार्ने निश्चित छ । युवा जनशक्तिलाई राष्ट्रिय विकासको अभियानमा सहभागी गरे मुलुकमा विकासले कोल्टे फेर्छ, उनले थपिन्‘ देशको मुहार फेर्न र मुलुकको विकास कोर्नको लगि युवा जनशक्तिको आवश्यक छ ।
युवावर्गको महत्व र आवश्कयतालाई बुझ्न जरुरी छ । उनीहरुको उर्जा लाई राष्ट निर्माणमा प्रयोग गर्न सक्नु अहिलेको चुनौति पनि हो ।’ युवाहरुको हरेक मागको आफुले संवोधन गरेको अनुभव सुनाइन् ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले युवाको हकहित, संरक्षण र सम्वद्र्धनका लागि युवासम्बन्धी नीति निर्माण र कार्यान्वयन तहसम्म युवालाई सहभागी गराउनु आवश्यक रहेकोमा जोड दिए । नेपाल सरकारले राष्ट्रिय युवा परिषद् ऐन,२०७२ को दफा ३ बमोजिम राष्ट्रिय युवा परिषद्को गठनको व्यवस्था गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘नेपाली युवालाई सबल,प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक¸न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन युवाको निकै महत्वपुर्ण हुन आउँछ ।युवाका उर्जा र क्षमताले जुनसुकै चुनौती र अवरोधहरूलाई पाखा लगाई नयाँ सोच र नयाँ प्रविधिबाट विकासको बाटो खन्न सकिने बताए । राज्यले युवाहरुलाई सहि ठाँउमा परिचालन गर्न आवश्यक रहेको थापाको भनाई छ ।प्रहरी नायव उपरिक्षक लालवहादुर धामीले युवा शक्ति हरेक क्षेत्रमा जोडिएको भन्दै सचेत हुन आग्रह गरे । लागुऔषध दुव्र्यसन जस्ता बिसंगती तिर जोडिएको भन्दै हरेक विकृतिबाट जोगिन युवा सचेत हुनु पर्ने बताउँछन् । चन्दननाथ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख खडानन्द चौलागाइले देश विकासमा युवाहरुको जोस, जाँगर हुनु पर्ने बताए । पछिल्लो समयमा सुशासन पादर्शिता र सरसफाइका क्षेत्रमा जुम्ली युवाले नमुका कार्य गरिरहेकोमा उच्च प्रसंशा गरेका छन ।








