नेपालमा एकै दिन भेटिए ५७ काेराेना सङक्रमित
३० बैशाख, सुर्खेत । काराेना भाइरस नेपालमा तिब्र गतिमा फैलिदै गयको छ । कोरोना भाइरसक (कोभिड-१९)को संक्रमणबाट आज नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना , कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेका छन् । थपिएका संक्रमितहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । यो संगै संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।








