एक युवाको मन छुने शब्द : बिश्वका सामु नेपाल किन पछाडी?

बामदेब गौतम

देशमा बिकासले आराम र भ्रष्टाचारले छलाङ मार्दै गरिरहेको अवस्थामा देशको समग्र नेतृत्व ,नेता र मन्त्रीहरू प्रति जनताको अविश्वास बढ्नु सामान्य हो । जनताहरु उचित बिकल्प खोजिरहेका नै छन ।बिकल्प के होला ? बिकास किन निदाइ रहेको छ ? धेरै आश गरेका व्यक्तित्व पनि उच्च पदमा पुगे सङै किन आफनो धरातल भुलिदिन्छन होला ? हाम्रो देशको शिक्षामा गुणस्तर किन बिश्वमा सयौ स्थान तल छ ? किन मन्त्रीहरूको शिर सपथ ग्रहणको माला लगायसङै छिमेकी रास्ट्र सामु शिर उठाएर बोल्न सक्दैनन ? माला नै गह्रौ होकि पद ? के हामी रहरले बिदेशीएका हौ त ? उठेसङै सयौ प्रश्नहर मनमा खेलाउदै , पढाइ र काममा निस्किन्छु | फेरि प्रस्नको उत्तर पनि राती ओछ्यानमा यसरी आफै दिने प्रयास गर्छु । थाहा छैन प्रस्न सुन्ने मान्छे छैनन कि मलाइ सुनाउने समय । देशको बिकाश त्यस देशको अर्थतन्त्रमा भर पर्छ र देशको अर्थतन्त्र देशले निर्यात गर्ने बस्तुमा त्यसरिनै बिदेशबाट आयातगरी १०/५० रुपैयाँ फाइदा गरि बेच्दा , व्यक्तिलाई केही फाइदा भय पनि देशलाई हजारौ घाटा ब्यहोरिरहेको हुन्छ ।हामी किन युवा मात्र निर्यात गरिरहेका छौ । ल युवा निर्यात पनि ठिक छ तर युवाले देशमा पठाएको पैसा फेरि किन छिमेकी चिन र भारतमा निर्यात गरिरहेका छौ ।अब देश साच्चिकै बिकास गर्ने हो भने ६०/७० लाख हैन १ करोड जनता बिदेश पठाउनु पर्छ जहाँ बाट पैसा सङै सीप भित्र्याउ , १ करोड अशक्त भयतापनी बाकी १ करोडले नेपाल बनाउदै गरौ । १ करोडले नेपाल पठाएको ५ बर्सको पैसामात्र नेपालमै राख्ने वातावरण बनाउने गरि योजना ल्याउने हो भने हामी हाम्रै पाला मन्त्रीहरूको ५ बर्से कार्यकाल नसकिदै देशले मुहार बदल्ने छ र नेपाल अरु देश हैन स्वर्ग भुमी बन्ने छ । नेपालीले मृत्युु पछि स्वर्ग जाने आश्थामा लगाइने पुजापाठ लगाउन छाडिने छन , जिउदै स्वर्ग देखेयौ भनेर । देशको समस्या के हो भन्दा पनि हालसालै बिदेशीएका ६०/७० लाख लाख नेपाली सङ दिनमा १/१ रुपैयाँका दरले सहयोग माग्ने हो भनेपनी दिनमा ६० लाख बर्षमा २ अर्ब , अब ५ बर्षमात्र सहयोग मागौत प्रत्येक रुखका पातपात उज्यालो पार्ने गरि बिधुत निकाल्न सकिन्छ । बर्षका 8760 घण्टामध्य ,हामी 2051 घण्टामात्र काम गर्छौ (कार्यालय समय १०-५ र सनिबार,सार्वजनिक बिदा कटाइ )। अब साच्चिकै देश बिकाश गर्ने हो भने देश बिभाजनको बिकल्प छैन । अब नेपाललाइ दिवा नेपाल र रात्री नेपाल गरि दुई नेपालमा बिभाजन गरि शुरुमा सातै प्रदेशमा २४ घन्टा सन्चानन हुनेगरी १/१ वटामात्र औद्योगिक क्षेत्र बनाइनु सङै प्रदेश राजधानी हरुलाइ २४ घन्टे शहरको रुपमा बिकास गरिनु पर्छ । जहा बर्समा 8760 घण्टै औधोगिक क्षेत्र सन्चालनमा ल्याइ बैदेशिक आयातलाइ रोक्दै जानुपर्छ । यति बर्समा यो यो कुरामा आत्मनिर्भर हुनुपर्ने भन्ने कुरा सरकारी सम्यन्त्र बाटै निर्धारण गरिनु पर्छ । जस्तै रक्सी! जुम्ला र मुस्ताङमा कुहिएका स्याउ , गाई बस्तुलाइ खुवाउदै आयको जौ , कोदो आदि बस्तु हरुबाट रक्सी बनाउने पुर्वाधारको बिकास गरि बिदेशी रक्सी आयातमा बन्द गरौ । रोजगारिको शृजना उतिकै भयो , पैसा देश बाहिर पनि गयन । यस्को मात्र अभ्यास गर्ने हो भने भारतले हामिलाइ नाकाबन्दी है हामी केही बर्समै आफै भारत माथी नाका बन्दी लगाउन सक्षम हुने छौ । पुर्वाधारकि बिकास , आवश्यक सामाग्रीहरुको उपलब्धता मात्र गर्न सक्यौ र अतिथी देव:भव भनी नेपाली पर्यटनलाई विश्वसामु चिनाउन सक्यौ भने पर्यटन पनि देशको अर्थतन्त्रको मेरुदण्ड बन्ने निश्चित नै छ । अनि भ्रष्टाचार , म देशमा भ्रस्टाचारलाई ठूलो समस्याको रुपमा देख्दिन ।अख्तियारलाई थप अधिकार दिई, एउटा व्यक्तिको निश्चित चल सम्पतिको सिमा निर्धारण गरि भ्रस्टाचार गर्ने व्यक्तिलाइ फाँसी सम्मको सजायको व्यवस्था गर्ने भने भ्रस्टाचार ह्वात्तै घट्ने घट्छ । भ्रस्टाचार शुन्य कहिल्यै कसैले गर्नपनी त सक्ने कुरा हो जस्तो लाग्दैन । अन्त्यमा देश बिकासको सपना आफ्ना अगाडी कोर्छु र निदाउन खोज्छु , निन्द्रा आउदैन । निदाउने निरान्तर प्रयास गर्दा गर्दै अलार्म सङ झस्किन्छु अनि मलाइ नि थाहा हुदैन म निदाय निदाइन । अनि लाग्छु अरुको देश बिकाश गर्न ।

बामदेब गौतम, सुर्खेत
हाल दक्षीण कोरीया

सम्बन्धित समाचार