गैसस महांसंघ कर्णाली प्रदेशको अध्यक्षमा हरी अधिकारी चयन

सुर्खेत :गैसस महांसंघ कर्णाली प्रदेशको अध्यक्षमा हरी प्रसाद अधिकारी चयन हुनु भएको छ  । गैर सरकारि संस्था महासङ नेपाल कर्णाली प्रदेश समितिको दोस्रो साधारणसभा  सभाले रिक्त अध्यक्ष पदमा हरि प्रसाद अधिकारी लाई सर्ब सम्मत चयन गरेको छ। सचिब मा चन्द्र प्रसाद शर्मा उप सचिब मा हरि प्रसाद शर्मा सदस्य हरुमा रामबिक्रम शाह,खडक बहादुर दमाई यज्ञ बिक लाई समेत चयन गरेको छ । सभाले गैसस प्रो फाइल बनाउने जिल्ला शाखाको क्षमता बिकास गर्ने,कर्णाली प्रदेशका स्थानीय तह मा समन्वय समिति मंसिर भित्र गरि सक्ने महासङ को प्रदेस स्तरमा जिल्ला मा घुम्ती बैठक गर्ने निर्णय भयको छ। कार्यक्रम मा प्रमुख अतिथि केन्द्रिय सचिब डिल्लु प्रसाद घिमिरे बिशेष अतिथी हरु केन्द्रिय सदस्य दिपेन्द्र डिसि,प्रदेस इन्चार्ज खिम बहादुर शाही,सह इन्चार्ज कृष्ण कला शाही लगायतले सुभ कामना भनाइ राख्नु भएको थियो ।