सुर्खेत गौहत्या प्रकरण: इन्स्पेक्टर बोगटी र गाइ ढुवानी गर्ने श्रेष्ठ प्रहरी खोरमा

सुर्खेत : सुर्खेतमा भएको गौहत्या प्रकरणले प्रहरीसमेत तानीने देखीएको छ । बिभीन्न समीती बनाएर छानबिन भइरहेके यस प्रकरण प्रहरी र गाइ लाइ निर्यात गर्ने कम्पनिका संचालक कानुनी दायरामा आउने भएका छन् । यसैक्रममा सुर्खेत प्रहरीले गौहत्या प्रकरणमा छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक र चितवन ट्रान्सपोर्टका सञ्चालकलाई पक्राउ गरेका छ । नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने सत्रिप्तसिंह श्रेष्ठलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । बोगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिनुभयो । दुवै जनालाई म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको छ ।