नक्कली भुटानी शरणार्थी प्रकरण : इन्द्रजित र सचिव पाण्डडे पछि को–को पर्लान् पक्राउ ?

काठमाडौं । काठामाडौं प्रहरी परिसरले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ ग¥यो । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए । सचिव पाण्डेलाई काठमाडौं प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा हालसम्म पक्राउ परेका पाण्डे उच्चतहका कर्मचारी हुन् । यसअघि सोमबार परिसर काठमाडौंको टोलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राईलाईसमेत पक्राउ गरेको थियो ।

उनी सुरक्षा सल्लाहकार हुँदा नै भुटानी शरणार्थीका नाममा नक्कली परिचयपत्र बनाउन शंकास्पद भूमिका देखिएपछि उनी पक्राउ परेका हुन् ।
यसअघि काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार १३ चैतमा पहिलोपटक पक्राउ परेका मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी–४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ र त्यसपछि पक्राउ परेका मोरङ पथरी–१० का सागर राईको बयानका आधारमा उनी पक्राउ परेका हुन् ।

उनीहरूमाथि प्रहरीले संगठित ठगी मुद्दामा अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेकाहरूको बयानको आधारमा प्रहरीको अनुसन्धान सचिवसम्म पुगेको हो । आफूहरूलाई भुटानीको नाममा अमेरिका पु¥याउने भन्दै ठगी गरेको भन्दै हालसम्म प्रहरीमा एक सय ५० जनाले जाहेरी दिएका छन् ।

प्रहरीको अनुसन्धानबाट उनीहरूले ५ सय जना नेपालीहरूलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर करिब १ अर्ब रुपैयाँ ठगी गरेको जनाएको दाबी गरेको छ । पाण्डे गृहसचिव हुँदा गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण थिए । खाँणको समूहलाई समेत प्रभावमा पारेर ठगी गर्ने गिरोहले ठगी गरेको प्रहरीको दाबी छ ।

यसरी गिरोह नै सक्रिय बनाउने मुख्य भूमिकामा मोरङ पथरीका केशवप्रसाद दुलाल देखिएका छन् । पीडितहरूबाट रकम असुली गर्ने काममा दाङका सन्देश पोखरेल शर्मा पनि संलग्न भएको खुलेको छ । हाल शर्मा पनि पक्राउ परिसकेका छन् ।
आइतबार पूर्वगृहमन्त्री थापाकै सुरक्षा सल्लाहकार पक्राउ परेलगत्तै थापाको भूमिकामाथिसमेत प्रश्न उठेको छ । थापा गृहमन्त्री हुँदा गृहसचिवमा हाल अख्तियार प्रमुख रहेका प्रेम राई थिए ।

सोही बेलादेखि भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको हो ।

उक्त प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए भने गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्यसचिव थिए ।
सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन अझै सार्वजनिक छैन । तर, ठगी गर्ने गिरोहले त्यही प्रतिवेदन हात पारेर नेपालीलाई नक्कली शरणार्थी बनाएको प्रहरीको दाबी छ । कार्यदलले प्रतिवेदन गृह मन्त्रालय बुझाउँदा गृहसचिवमा प्रेम राई (हाल अख्तियार प्रमुख) छन् ।

राई २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए । उनीपछिका गृहसचिव महेश्वर न्यौपाने २१ माघ २०७६ देखि २७ साउन २०७८ सम्म रहे । हाल उनले अवकाश पाइसकेका छन् ।

न्यौपानेपछि गृहसचिवमा टेकनारायण पाण्डे पुगे । उनी २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म बसेका थिए ।
पूर्वमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाउने भएको छ । इन्द्रजित राईका छोरा निरज र बादलका छोरा प्रतीकलाई पक्राउ गर्न पनि प्रहरीले अनुमति पाइसकेको छ । गृह मन्त्रालयका पूर्वसविच प्रेम राई र टेकनारायण पाण्डेको पालामा भुटानी शरणार्थीका नाममा नेपालीको नक्कली परिचयपत्र बनेको खुलेको छ ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको हो । उक्त प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए भने गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन अझै सार्वजनिक छैन । तर, ठगी गर्ने गिरोहले त्यही प्रतिवेदन हात पारेर नेपालीलाई नक्कली शरणार्थी बनाएको प्रहरीको दाबी छ । कार्यदलले प्रतिवेदन गृहमन्त्रालय बुझाउँदा गृहसचिवमा प्रेम राई (हाल अख्तियार प्रमुख) थिए । राई २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए । उनीपछिका गृहसचिव महेश्वर न्यौपाने २१ माघ २०७६ देखि २७ साउन २०७८ सम्म रहे । हाल उनले अवकाश पाइसकेका छन् ।

यी दुई सचिव रहेको समयमा ठगी गिरोहले काम गरेको देखिएको छ । भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका सदस्यहरू धमाधम पक्राउ पर्न थालेपछि सो तथ्य फेला परेको हो ।

सम्बन्धित समाचार