मृगौला रोगी ढकालद्धारा सहयोगको याचना

सुर्खेत: त्रिपुरासुन्दरी गाउँपालिका ७ सल्यानटार धादिङका ३८ बर्षिय भिमसेन ढकालले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् । विगत ८ महिनादेखी मृगौलामा समस्या देखा परे पछि उनको भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भैरहेको छ । उनको परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचारमा समस्या परेकोले उनले सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी सहयोगको आग्रह गरेका छन् ।उनी विगत ८ महिना देखि अस्पतालको शैयामा मृत्युसंग लडीरहेका छन । तर आर्थिक अभावकै कारण उपचारमा ढिलाई भएपछि मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् । प्रत्यारोपणका लागि अार्थिक नभएपछि उनले सहयाेग गर्न अनुराेध गरेका छन् । सहयोगको लागी राष्ट्रीय वाणिज्य बैंक लिमिटेडमा रहेको भिमसेन ढकालको खाता नं. 10300025061 ’ M’ मा रकम जम्मा गर्न सकिने उनका छिमेकी दिपक धरेल र कपिल सापकोटाले बताएका छन् । पिडितको बारेमा बिस्तृत जानकारीको लिनको लागी 9885119609/ 9869092516 सम्पर्क गर्न सकिने पनि छिमेकी धरेलले बताए ।