रवि लामिछाने : संघर्ष समिति विघटन, अध्यक्ष द्धारा राजिनामा
चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवीलामिछाने अहिले अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा छन् ।
आफूलाई रवीको समर्थक बताउँनेहरुबाट चितवनमा प्रदर्शन जारी छ । उनीहरुको प्रदर्शन उग्र र अराजक बन्दै गएपछि प्रहरीले निषेधित क्षेत्र नै तोकेको छ ।
यसैबीच रवी लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले राजीनामा दिएका छन् । उक्त प्रदर्शनमा गणतन्त्र विरोधी नारा लागेपछि राजीनामा दिएको उल्लेख गरेका छन् ।









