कर्णालीमा नेपाल एयरलाईन्स गर्यो अनलाईन ईटिकट प्रणाली लागु

जुम्ला ः नेपाल एयरलाईन्सले कर्णालीका जिल्लामा अनलाईन ईटिकट प्रणाली शुरु गरेको छ । कणालीका ६ जिल्लामा अनलाईन ईटिकट प्रणाली लागु गरेको हो । यस अघि टिकट एजेन्ट मार्फत बितरण हुदै आएको थियो ।नेपालगंजबाट उडान हुने जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाईन टिकट शुरु भएको नेपाल नागरिक उड्यनन प्राधिकरण नेपालगंजका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । उनले भने,” विहीवार देखी यो सेवा पहिलो पटक लागु गरिएको छ ।

दुर्गममा जहाजको टिकट शक्ति र पावरको भर बितरण हुने प्रणालीले नागरिक हैरानी थिए । सर्व साधारणलाई जहिलेपनि टिकट लिन सास्ति हुने भएकाले ईटिकट प्रणाली शुरु गरिएको हो । माघ १९ गतेबाट नेपाल एयरलाईन्सको कर्णालीका सवै जिल्लामा ईटिकट प्रणाली लागु भएको छ ।
त्यस्तै जुम्लाबाट प्रतिनिधत्व गर्ने सांसद छिरिङ ल्यामु लामा तामाङले सांसद पद लिएदेखी हवाई र यातायातका समस्या सामाधानमा सरकारको ढोका ढकढक्याउन थालेकी छन । उनले कर्णाली र जुम्लामा हवाई उडानको समस्या सामाधानका बिषयमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई माग पेश गरेकी छन । सांसद लामाको निरन्तर पहल पछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा अनलाईन ईटिकट प्रणाली शुरु गरेको हो ।

सांसद लामाले भनिन, सवैभन्दा कठिन जुम्ला सहित कर्णालीले भोग्नुपरेको बिषय जहाज र यातायातको पहिलो समस्या हो । जहाज नियमित नहुने, त्यहाँ जाने जहाजमा टिकट वितरणमा समस्या भएकाले नागरिकले सास्ति भोक्दै आएकाले आफु सांसद वनेदेखी निरन्तर पहलमा छु, । उनले गत माघ ९ गते मन्त्री किरातीलाई जुम्लामा ईटिकट र विमानस्थल स्तरबृद्धिको लागि लिखित पत्र दिएकी थिइन । कर्णाली राजमार्गको समस्याका बिषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखेको बताइन ।

नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटमा नागरिकले सास्ति भोग्नु परेको अवस्थाले तत्काल ईटिकट लागु गरिएको भएको बताइन । मन्त्री किरातीले यो कामका लागि सांसद छिरिङ ल्यामु लामाको पहल महत्वपूर्ण भएको बताए । ईटिकट प्रणाली लागु भएपछि सजिलो हुने भन्दै स्थानीय खुशी भएका छन् ।

त्यस्तै नेपाल एयरलाईन्स जुम्लाका कर्मचारी डम्बर खत्रीले जुम्लामा पनि अनलाईन टिकट कार्यान्वयन भएको बताए । उनका अनुसार हरेक हप्तामा सोमवार र मंगलवार नेपाल एयरलाईन्सको जहाँजको तालिका अनुसार पछिल्लो समय नियमति पनि भईरहेको छ । टिकट प्रणाली पारदर्शी नहुदा र उडान कम हुदा हरेक बर्ष जुम्लामा दशै तिहारको वेला झड्प भईरहन्छ ।यस पटक सर्वसाधारणले टिकट नपाईएको गुनासो गरेपछि स्थानीय प्रशासनले लोकसेवा सहित परिक्षार्थीलाई प्रशासनमै नाम लेखाएर उडाउन वाध्य भएको थियो भने नागरिक समाजले नियन्त्रणमा लिएर जहाज र स्थानीय जनप्रतिनिधिको रोहवरमा नाम लेखाई एक हप्ताका टिकट वितरण गरेको थियो ।

सम्बन्धित समाचार