३१औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस : पातारासीका १९ बालवालिकालाई शैक्षिक सामाग्री बितण

जुम्ला ः पातारासीका १९ बालबालिकालाई शैशिक सामाग्री बितरण गरिएको छ । ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पातारासीका १९ जना अपांगता भएका बालविकालाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
त्यस्तै पातारासी गाउपालिका महिला तथा बालवालिका शाखाको आयोजना , सिबिएम र आइं एन .एफ नेपालको आर्थिक सहयोगमा बिद्यालयका सम्पुर्ण पोसाक ,कपी कलम झोला दिइएको हो ।

अपंगता भएका बालवालिकाको अध्यापनमा सहजता ल्याउनका लागी आइएन एफले छात्रावृत्ति स्वरुपा शैक्षिक सामाग्री दिइको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन। उनले भनिन,’नागरिकका हरेका आबश्यकता पुरा गर्नका लागी जनप्रतिनिधि आएको बताइन । उनले अपांगता भएका ब्यक्तिका समस्या समाधान गर्न र उनिहरुको लागी आयआर्जनका कार्यक्रम गर्न सधै तयार रहेको बताइन ।
त्यस्तै अपाङ्गता भएका व्याक्तीहरुको पनि राज्यले छुट्टै कानुन बनाएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद धिताले बताए । उनले अपांगता भएका ब्यत्तिको हकअधिकारका स्थानयि सरकार तयार रहेको बताए ।सरकारले अपंगपरिच पत्र बितरणका लागी कार्यबिधि बनाएको छ । त्यही अनुसार यसपािलकाले बितरण गर्दै आएको छ । प्रमुख प्रशासकिय अधिकृत धितालका अनुसार पातारासी पालिकामा नयाँ बन्ने भौतिक संरचना अपंगता मैत्री बनाउने निति रहेको छ ।


त्यस्तै आइएन एफका परियोजना सुपोरभाइजर हस्त बहादुर बिकले अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा जोड दिनु पर्ने बताए । उनले अपंगता भएका ब्यीक्तलाई हरेका क्षेत्रमा समावेश गराउने वातावरण पालिकाले गर्नु पर्ने बताए । उनका अनुसार आइ .एन. एफ नेपालको समृद्धि परियोजना मार्फत अपंगता भएका ब्यत्तिलाई शिक्षा, स्वाथ्य रोजगार जस्ता जिविका पार्जन जस्ता कार्यक्रम गर्दै आएको बताए । उनले भने, पातारासीमा १५ वटा अपंगता भएका ब्यत्तिका लागी समुह गठन गरिएको छ । आइ .एन .एफ नेपालका अनुसार पातारासीका अपांगता भएका १९ जना बालवालिकालाई बिद्यालयका पोसाक , सुइटर मोजा ,पंञ्जा , प्रति ब्यक्तिलाई एक दजर्न कपी , र २४ वटा कमल दिइएको छ ।आइ .एन . एफ नेपालका सुपोरभाइजर हस्त बहादुर बिकका अनुसार सात वटा टिमले देउडा तिग प्रदशर्न गरिएको थियो । सात वटै टिमलाई ५ हजारका दरले पुरुषकार स्वरुप नगद दिइएको थियो ।


त्यस्तै पातारासी गाउपालिका बाट निकालिएको ¥याली बजार परिक्रमा गिर पुनः गाउँपालिकाको प्राङ्गणमा आएर कार्यक्रममा परिणत भएको थियो ।अपाङ्गता भएका व्यक्तिहरु हातमा प्ले कार्ड लिएर नारा लगाएर बजार परिक्रमा गरेका थिए।
अपाङ्गताहरू लागि अपाङ्ग मैत्री संरचना निर्माण गर जस्ता महत्त्वपूर्ण नारा लेखिएका थिए। त्यस्तै पातारासी गाउँपालिका महिलातथा बालबालिका शाखा प्रमुख भगवती गिरीले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९ ९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउदै आएको बताइन । उनका अनुसार यो वर्षको नारा समावेशी विकास लागि रूपान्तरित समाधान ः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान भन्ने तय गरेको छ ।

प्रमुख गिरीले भनिन, नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचान, मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । उनले भनिन कुनै पनि ब्यक्तिले अपाङ्गता भएका व्यक्तिलाई र विभेद गर्न पाइदैन । उनले भनिन ,”लक्षित वर्गका लागी भने स्थानीय तहका जनप्रतिनिधिले महिला शाखामा बजेट सिमित मात्रामा मात्रै बिनियोजन गर्ने गरेका छन । यसले गर्दा अपाङ्गता भएका व्यक्ति शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्थामा रहेको हो ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई कार्यस्थल, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिरजस्ता स्थानमा सहज पहुँच सुनिश्चित हुने भौतिक संरचना निर्माण गर्न तीन तहका सरकार तथा सम्बद्ध सबैको सक्रियता आवश्यक छ ।

 

सम्बन्धित समाचार