सिजाका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने
जुम्ला ः जेष्ठ नागरिक , गर्भवती र सुत्केरी भइसके पछिका महिलाका लागी सिजागाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ । सिजा गाउँपालिका भरीका जेष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका ब्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्याउन निःशुल्क उपचार सेवा घरदैलोमै पुगेर दिइने भएको हो ।
सिजागाउँपालिका ‘हामी बनाउँछौं हाम्रो गाउपालिका राम्रो गाउपालिका बनाउनका लागी नागरिकका आबश्यकताका आधारमा सेवा दिने गरिएको सिजागाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । उनले भने,’योसिजा गाउँपालिकाले जेष्ठनागरिकका लागी र गर्भबती र सुत्केरी भइसकेका महिलालाई प्रत्येक महिनामा घरदैलो मार्फत निशुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमा शुक्रबारबाट औपचारीक रुपमै उद्धघाटन गरेको छ ।
त्यस्तै गाउँपालिका भित्रका गर्भवती महिला ,जेष्ठ नागरिक र दमका बिरामीहरुको लागि सुगर,प्रेसर,जस्ता सेवाहरु गाउँपालिकाले घरदैलामै पुगेर दिन भएको सिजागाउँपालिका स्वाथ्यशाखामा प्रमुख ललितजंङ रोकायाले बताए । उनका अनुसार स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य रहेको छ ।उनले भने, ‘यो कार्यक्रम विषेश गरी जेष्ठ नागरिक ,गर्भवती ,सुत्केरी महिला र बालबालिका शारिरिक रुपमा असक्क्त रहेका ब्यक्तिका लागी हो ।,ज्येष्ठ नागरिक,बालबालिका,गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी यस्तो सेवा दिने गरिएको हो ।
त्यस्तै सिजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले नागरिकले घर आगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको हो। उनका अनुसार अधिकांश जेष्ठ नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अबस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो ।
त्यस्तै सिजागाउँपालिकाले प्रत्यक महिनाको एक दिन विषेश गरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क घरदैलोबाट स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मित्रलाल धितालले बताए । उनका अनुसार घरदैलोउपचासेवामा स्वाथ्यकमीले सबै खालका स्वाथ्य सेवा लियर जाने छन ।