सिंजा क्षेत्रका ३सय ७० बाढी प्रभावितलाई राहत वितरण

जुम्ला ः जुम्लाको सिंजा उपत्यकमा पर्ने तीन वटा गाउँपालिकाका ३सय ७० घरधुरी राहत वितरण गरिएको छ । कनकासुन्दरीका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिंजा गाउँपालिका एक सय घरधुरी गरी ३७० घरधुरीलाई बाढीपीडितलाई राहत वितरण गरिएको हो ।
गएको असोज अन्तिम साता अविरल बर्षासँगै आएको बाढीपहिरोले सिंजा उपात्यका पर्ने तीन वटा पालिका सवै भन्दा धेरै धनजनको क्षति भएको थियो ।
उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोग त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प (विजुली), डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।
राहत वितरण कार्यक्रम सम्वन्धित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित किडाक नेपाल, सेडा नेपाल र क्याड नेपालको सहभागिता रहेको थियो ।

बाढीपहिरोका कारण धेरै क्षति भोग्नु परेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताले बताए ।उनले भने गैरसरकारी संस्थाको तर्फबाट बाढीपीडित घरधुरीलाई राहत सामग्री प्राप्त हुदा सहज भएको छ ।

 


error: Alert: Content is protected !!