कालिका मा.वि बड्कीमा पक्कि भवन निर्माण

जुम्ला ः जुम्लाको दुर्गम कालिका मा.वि बड्की भवन निमार्ण भएको छ । लामोसमय देखी भौतीक संञ्चरना अभाव झेल्दै आएको कालिका माबिमा यसपटक पक्कि भवन निर्माण भएको हो ।राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतका दुई भवन एकैसाथ उद्घाटन कालिका माध्यमिक बिद्यालयले जनाएको छ । विद्यालयमा कक्षाकोठा अभाव भईरहेको समयमा पक्कि भवन निर्माण भएपछि अध्यायपन बिद्यार्थीका लागी सहज हुने भएको छ ।

 


त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले राष्ट्रिय योजना आयोगको सहयोगमा एक करोड आठ लाखको चारकोठे पक्कि भवन निर्माण भएको बताए । उनका अनुसार राष्टिपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत २ कोठे भवन निर्माण हो । नवनिर्मित भवन हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले गरेका छन।

त्यस्तै उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष शाहीले गाउँपालिकाले शिक्षा क्षेत्रमा विशेष जोड दिने बताए । उनले कालिका माध्यामिक विद्यालय बड्की गुणस्तर शिक्षाकोउत्पादनको थलोको रुपमा बिकास गर्न अनुरोध गरे ।उनले हिमा गाउँपालिका भरीका विद्यालय नमूना र गुणस्तरीय बनाउनको लागी प्रथामिकता दिने बताए ।

त्यस्तै नेपाली कांग्रेसका प्रदेश कमिटिीका सदस्य लंकबादुर शाहीले विद्यालयको शैक्षिक सुधारमा सवैको सहकार्य आवश्यक रहेको बताए । उनले भने, विद्यालय स्थापना गर्ने जन्मदाताहरुको सम्मानमा पनि जोड दिन आवश्यक छ ।
त्यस्तै हिमागाउँपालिका एकका वडाध्यक्ष रतनबहादुरशाहीले ५ बर्षको कार्यकालमा हिमा गाउँपालिका वडा नम्बर १ ले शिक्षामा प्रथामिकता दिने भएकाले विद्यालयको गुणस्तरमा वडाले प्रथामिकता बताए ।


त्यस्तै विद्यालयका शिक्षक खम्वा शाहीले वि.सं १०१७ सालमा स्थापना भएको विद्यालयमा भौतिक पूर्वाधार देखी विभिन्न विकासमा प्रथामिकता पर्न नसकेको बताए । उनले भने, अव सवै मिलेर विद्यालयको शैक्षिक विकासमा टेवा पुग्नेगरी काम गर्न अनुरोध गरे ।त्यस्तै सोही अवसरमा कालिका माध्यामिक विद्यालय बड्कीका प्रअ खड्क बहादुर शाहीको विदाई समेत गरिएको छ । सिंजा क्षेत्रकै भैरव माध्यामिक विद्यालय नराकोटबाट वि.सं २०३९ सालमा एसएलसि गर्ने एक मात्र विद्यार्थी शाहीले कालिका मा.विमा २१ बर्ष प्रधानाध्यापकको पदमा काम गरेका थिए । शिक्षक सेवामा ३९ बर्ष सेवा गरेका शाहीलाई विद्यालय परिवारलाई विदाई गरेको थियो । शाहीले आफुले लामो समय काम गरेको विद्यालयबाट विदाई भएपनि विद्यालयको शैक्षिक विकासमा जोड दिने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार