माओवादी केन्द्रका महासचिव गुरुङलाई पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित

काठमाडौं । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्। निर्वाचित गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याएका छन् । देव गुरुङलाई ३ हजार १८८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा पृथ्वीसुब्बा विजयी भएका हुन्।

लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो। खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर खनालले बताए।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन्।

 

सम्बन्धित समाचार