गोरखा–२ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अब्दुस सलाम मिया तेस्रो स्थानमा सीमित भएका छन्। उनले ७ हजार ३१२ मत प्राप्त गरेका हुन्।

गोरखाका दुई वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।
निर्वाचन कार्यलयले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।

 


error: Alert: Content is protected !!