जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) बिजयी

जुम्ला ।एकमात्रै निर्वाचन  क्षेत्र  भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही )फराकिलो मतले बिजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत ल्याएर बिजयी भएका हुन । सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई .१०हजार ,८ सय ६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही बिजय भएका हुन् ।
शाहीका प्रतिद्धन्द्धी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले .११,९५९ मत प्राप्त गरेकी हुन । जुम्लामा सत्ता गठवन्धनका भारी मत र नेकपा एमालेका समेत यस पटक जनताले ज्ञानेन्द्रलाई मत दिएर बिजय गराएकाे पाईएकाेछ । बिजय भएपछि ज्ञानेन्द्रले भने, मेरो मत ५९० मत थियो तर जुम्ली जनताले माया गरेका छन् । अव मैले राष्ट्रको नेतृत्व गर्ने हो । उनका अनुसार लामो कालखण्डमा जुम्लाले नेतृत्व गर्न नसकेकाले आफ्नो त्यो उद्देश्य भएको दाबि गरे ।
जुम्लामा जम्मा ६८ हजार ६ सय ३८ थियाे । तर यसपटककाे निर्वाचनमा ४५ हजार २ सय ८४ मत खसेको थियो । जसमा राप्रपाका शाहीलाई २२८१९.मत प्राप्त भएको हो । यद्यपी जुम्लामा ज्ञानेन्द्र शाहीले प्रचार शैली राप्रपा पार्टीको नामै नलिएर व्यक्ति र हलो चिन्हको प्रचार मात्रै गरेका थिए ।
हामी नेपाली नेपालका लागी भ्रष्ट्रचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाहीले पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ता हुदै पत्रकार सम्मेलन गरेर जुम्लाबाट निर्वाचन लड्ने घोषणा गरेका थिए ।
जुम्लाको संसदीय निर्वाचनको ईतिहासमा २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, वि.सं २०५६ सालमा नेकपा एमालेका देविलाल थापा, वि.सं २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही, २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महतले बिजय हाशिल गरेका थिए ।

सम्बन्धित समाचार