जुम्ला (ख) मा एमालेका पछाईँ १ हजार एक सय १२ मतअन्तरले बिजयी

जुम्ला प्रदेश सभा (ख) मा एमाले पार्टीका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् ।उनले कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई पछाईँले १ हजार १सय १२ मतले पराजित गरेका हुन् ।
२० हजार ६ सय २८ मत खसेकोमा एमालेका पछाईँले ७ हजार ८ सय २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।

रोकायले ६ हजार ७ सय १५ मत प्राप्त गरेका हुन् । त्यस्तै एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्ज समेत रहेका रोकायालाई कांग्रेस–माओवादीको साथ रहँदा पनि पराजित बनेका हुन ।एमाले नेता पछाईँ एमाले प्रदेश कमिटीको उपसचिव हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका पछाई पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन् ।जुम्ला कनकासुन्दरी ६ निवासी पछाईको राजनितिक जीवन यात्रा विद्यार्थी जीवनबाट भएको थियो ।

२०५५ देखी २०५७ सम्म काठमाडौंको अमृत साईन्स क्याम्पसको सदस्य , २०५७ देखी २०६० सम्म सहसचिव हुदै २०६० देखी ०६२ र २०६२ देखी २०६५ मा स्ववियू सभापति भएका थिए । दुर्गमबाट काठमाण्डौमा विद्यार्थी राजनिति गरेका पछाई अव सासद भएका छन् ।

पछाईले पार्टीका विभिन्न संगठन हुदै नेकपाको समयमा प्रदेश कमिटि सदस्य र हाल नेकपा एमालेको प्रदेश उपसचिव पदमा हुनुहुन्छ । यसका साथै २०७९ सालको निर्वाचनमा एमालेको तर्फबाट जुम्ला प्रदेश (२) बाट उम्मेदवारी दिएका थिए । पछाईले जुम्लाबाट बिजय हुने उम्मेदवारमा पहिलो खाता खोलेका छन् ।

 

सम्बन्धित समाचार