बिरेन्द्रनगरको “टाइम टेवल” ३ दिन नक्सापास ३ दिन फील्डको काम
सुर्खेत, १४ साउन
क्लीककर्णाली संबाददाता
सुर्खेतको बिरेन्द्रनगर नगरपालीकाले सेवाग्राहीको सहजताका लागी समयतालीका निर्धारण गरेको छ । बिरेन्द्रनगर नगरपालिका अन्तरगतको भबन तथा बस्ती बिकास उपसाखाले उपभोक्ताको लागी निश्चीत समय तालीका निर्धारण गरेको छ । शाखाले आइतबार,मंगलबार र बिहीबार बिहान १० :१५ देखी ४ बजेसम्म नक्सापास तथा निर्माण सम्पन्नको प्रमाणपत्र बितरण गर्नेछ ।यसैगरी सोमबार,बुधबार र शुक्रबार बिहान १०: १५ देखी २ बजेसम्म नक्सा दर्ता गरीने छ भने २: ३० देखी ५ बजे सम्म फील्डको कार्य गरीने उक्त नक्साफाट शाखाका प्रमुख किशोर कंडेलले जानकारी दिनुभयो ।
बिरेन्द्रनगर नगरपालिका अन्तरगतको भबन तथा बस्ती बिकास उपसाखाले उपभोक्ताको लागी निर्धारण गरेको समय तालीका









