प्रचण्डको गोरखा २ को प्रतिबद्धतामा सुख्खा बन्दरगाहदेखि औद्योगिक क्षेत्र निर्माण गर्नेसम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चुनाव उठेको गोरखा क्षेत्र नम्बर २ का लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शनिवार उनले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् ।
गुणात्मक र नियमित योजनाहरुलाई दुई भागमा वर्गीकरण गरेर उनले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

प्रतिबद्धता पत्रमा मेरो प्रतिबद्धता सहित संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि गठबन्धन नाम दिइएको छ ।
प्रतिबद्धता पत्रमा गोरखाको मार्गचीत्र पनि भनिएको छ ।

जसमा गुणात्मक योजनाहरू अन्तर्गत १७ वटा बुदा रहेका छन् । जसमा चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के (रुइला नाका) नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिर्दीबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, सङ्कलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रको रुपमा विकास गर्ने ।
लिगलिग कोट, सिरानचोक, गोरखा दरबार, मनकामना आदिलाई समेटेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने, गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैंची खेती, सुन्तला खेती, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने उल्लेख छ ।

रुइला नाका नियमित रुपमा सुचारु हुने सनिश्चितासहित नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
रबर उद्योगलाई नयाँ ढंगले अगाडि बढाइने , गाइखुर च्याङली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निमार्ण कार्य अगाडि बढाइने उल्लेख गरेका छन् ।
नियमित प्रकृतिका योजनामा

पालुङटार, चेपे र दरौदी करिडोर अन्तर्गत मुख्य सडक र त्यस अन्तर्गतका ग्रामीण क्षेत्र जोड्ने शाखा सडकहरुृलाई कालोपत्र तथा स्तरोन्नतिमाा जोड दिइने उल्लेख छ ।
गोरखा अस्पताल, आँपपिपल अस्पताल लगायतका स्वास्थ्य चौकीहरुको स्तर उन्नतिमाा जोड गरी स्वास्थ्य सेवालाई जनताको सहज पहँचमा पगाइने छ । जिल्लामा मेडिकल कलेज स्थापना गर्न विशेष पहल गरिने पनि उल्लेख छ ।

सम्बन्धित समाचार