अघोषित नाकाबन्दीको मारमा माथिल्लो कर्णाली बासी

जुम्ला ःमाथिल्लो कर्णाली यतिवेला अघोषित नाकाबन्दीको मार खोपी रहेको छ । माथिल्लो कर्णालीको भरपदो यातायात भनेकै हवाइसेवा हो । नेपाल एयरलाइन्सले जहाजले सेडुल अनुसार उडान नभर्ने र निजि एयरलाइन्स डलर कमाउन पुर्वतिर जाने गरेपछि माथिल्लो कर्णालीले अघोषित नाकाबन्दीको मार खोप्नु परेको हो । उसै पनि जहाज नियमित हुँदा वा नहुँदा उडानमा दोब्बरभन्दा बढी भाडा तिर्दै आएका नागरिक यतिवेला झन मारमा छन ।
यो समयमा झनै जहाँजको उडान नियमति नभएपछि जुम्लामा समेत आक्रान्तभएको छ ।

विमानस्थलमा एक साता देखी भिडभाड बढेको छ । टिकटका लागि स्थानीय प्रशासन घेराउ देखी विभिन्न आन्दोलन समेत भईरहेका छन् । तर जहाँजको उडान कमहुदा सकस भईरहेको छ । नेपाल एयरलाईन्सले सेडुअल घटाएको पाइएको छ । तर सेडुअल अनुसार एक हप्तामा जहाँज नआउदा समस्या भएको हो ।

त्यस्तै कर्णालीवासीले पूर्वमन्त्री नरेश भण्डारी सहितको टोली पर्यटन मन्त्राल यमापुगेर ध्यानाकर्षण गराएको छ । पुर्वमन्त्री भण्डारी, अर्थममन्त्रीजन सम्पर्क सल्लाहकार मनऋषिधिताल सहितको टोलीले पर्यटन मन्त्रीलाई औपचारिक रुपमा ज्ञापन पत्र बुझाएको हो । एका तर्फ राज्यले कर्णाली राजमार्गलाई ‘वान–वे’सडकको रुपमा निर्माण गरेयता स्तरोन्नतिमा ध्यान नदिदा पनि यस्तो मार माथिल्लो कर्णालीका नागरिकले खोप्नु परेको गुनासो छ ।

यस्तै नेपाल सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशिल परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरु संवेदनहीन देखिएको छ । जुम्ला लगायत माथिल्लो कर्णालीका नागरिकको समस्यालाई मध्यनजर गर्दै संविधान सभा सदस्य,तथा पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लाइ ध्यानाकर्षण छन् ।उनले,अविरल बर्षाका कारण जुम्ला, कालिकोट, मुगु, हुम्ला लगायतका कर्णाली प्रदेशका बासीन्दा अघोषित नाकाबन्दीको मारमा परेका छन ।

सांसद भण्डारीका अनुसार विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपत् संकट ग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशिल परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरु जिम्वेवार नभएको बताएका छन । कर्णाली शोकमा डुबेको छ । यतिवेला सरकारले पीडामा मलबपटी लगाउनु पर्ने हो यस कारण हाम्रो टिमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेर मन्त्री जीवनराम श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाइएको हो । उनले भने,”एकातिर सडक यातायात अवरुद्ध छ भने अर्कातिर नीजि क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले कर्णालीका उडानहरु कटौती गरी डलर कमाउनका लागी अन्यत्र उडान भरिरहेको छन । कर्णालीमा भइरहेका सिमित उडानहरुमा पनि चरम अपारदर्शीता देखिएकोले सरकारलाई अनुरोध गरिएको हो ।

सांसद भण्डारीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ उडानहरुमा महङ्गो भाडादर असुली रहेको अवस्था छ । विद्यार्थीहरु, विरामीहरु र अन्य यात्रुहरु विमानस्थलमा अलपत्रको अवस्थामा छन् । माथिल्लो कर्णालीले करिव अघोषित नाकाबन्दीको अवस्थामा देखिन्छ । नीजि बायुसेवा कम्पनीसँग समन्वय गरी तत्काल उडान संख्या बृद्धि गर्न र नेपाल एयरलाइन्सका टुइनटर जहाजहरुको संख्या थप गरेर दिर्घकालिन रुपमा समस्या समाधान खोज्न अनुरोध गरिएको छ ।
सांसद भण्डारीले आवश्यक योजना बनाउन सडक विभागलाई आग्रह गरेका छ। तर, विभागबाट छिटै समाधान खोज्ने आश्वासन दिने बाहेक प्रभावकारी काम हुन सकेको छैन।

कष्टकर परिस्थितिमा कर्णालीमा तत्काल र दिर्घकालिन हवाई समस्या समाधानार्थ माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
कर्णालीको एयरलाइन्सको समस्या समाधान गर्ने
त्यस्तै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ज्ञापन पत्र बुझ्दै माथिल्लो कर्णालीले भोगेको सास्तीको बारेमा जानकार रहेको बताए । उनले भने, निजि ऐयरलाइन्सलाई बोलायर उडान बढाउने पहल गर्ने बताए । उनले नेपाल एयरलाइन्स समेत जाहज थपको लागी माग गर्ने आसपासन दिएका छन ।
बर्सेनि पहिरो,त्रासमा कर्णाली राजमाग
बर्षायामको समयमा निरन्तर परिरहेको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भईरहेने गरेको छ । कर्णालीका बासिन्दा वर्षातको समयमा यात्रा गर्दा हरेक वर्ष कर्णाली राजमार्गमा सास्ती खेप्दै आएका छन्। वर्षातको समयमा यो राजमार्गको दर्जनौं ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । हरेक वर्ष पहिरोले सडक अवरुद्ध पार्छ’, उनले भने, कर्णाली बासीले बर्षौ देखि दुख खोपी रहेका छन ।वर्षातसँगै कर्णाली राजमार्गमा जाने पहिरोले यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीहरुलाई समेत उत्तिकै पिरोल्ने गर्छ। गरेको छ ।त्यस्तै सडक सञ्चालनमा आएको एक दशक बितिसक्दा पनि कर्णाली राजमार्ग ढुक्कका साथ यात्रा गर्न सकिने सडक बनेको छैन ।
स्तरोन्नतिमा बेवास्ता
राज्यले कर्णाली राजमार्गलाई ‘वान–वे’ सडकको रुपमा निर्माण गरेयता स्तरोन्नतिमा ध्यान नदिएको गुनासो कर्णालीवासीको छ।‘सडक साँघुरो छ, त्यसमाथि बर्सेनि पहिरो गएर यात्रा सास्तीपूर्ण हुने गरेको छ’, जुम्लाका माधब चौलागाइले भने, ‘पहिरो जाँदा राजमार्ग महिनौ दिन अवरुद्ध हुँदा पनि वास्ता हुँदैन।
प्रत्येक वर्ष विकास–निर्माणका नाममा करोडौं खर्च गरे पनि कर्णाली राजमार्गको स्तरोन्नति गर्न सरकारले ध्यान नदिएको उनले बताए।

त्यस्तै सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा आउने पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन नसकेको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन्। राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुले ज्यान गुमाउनु परेको छ।

सम्बन्धित समाचार