सामाजिक सुरक्षा भत्ता दिन वाडासरकार गाउँमै पुग्यो

जुम्ला ः क्षेत्रफलका हिसाबले दुर्गम मानिएको कनका सुन्दरी गाउँपालिकाको वाडा नम्वर एकका नवनिर्वाचित वडाध्यक्ष भिम बहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन ।भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौरगाउमा रहेको मतदाताको घरअंगानमा पुगेको बताए ।

एकल महिला , अपांगता भएका ब्यक्ति जेष्ठ नागरिकलाई भत्ता बुझ्ने ठाउ सम्म पुग्ना कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर वितरण गरेको बताए । उनले ‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो ।
अध्यक्ष भण्डारीले भने, मूल कुरा भनेको सामाजिक सुरक्षा भत्ता पाउने परिवारहरू आर्थिक र सामाजिक हिसाबले समाजका अन्य वर्गभन्दा कमजोर हुन ।, ‘अब हामी आगामी वर्षको योजना निर्माण गर्दै छौं ।
अब कस्ता योजना बनाउँदा यस्ता वर्गको उत्थान गर्न सम्भव हुन्छ भनेर सुझाव पनि लिनका लागी पनि गाउँमै पुाग्ने कार्याक्रम राखीएको छ । वडाध्यक्ष भण्डारीका अनुसार गाउँपालिका अध्यक्ष दामादर आर्चाय , उपाध्यक्ष प्रेमकली बुढा सामाजिक सुरक्षा शाखा , कुमारी बैंक सहितको टोली सामाजिक सुरक्षा भत्ता दिन गाउमै पुगेको थियो । विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले वडा कार्यालयमा नै पुग्नुपर्थ्यो ।

वृद्धवृद्धा, असहाय, एकल महिला , बालबालिका ,र अपांगता भएका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता लिनकै लागि दिनभर हिँड्नुपर्ने अवस्था रहेकोले घरमै भत्ता पु¥याउने व्यवस्था गरिएको उनले बताए । भण्डारी भन्छन, स्थानीय सरकारले दिने रहेका सेवा सुविदा नजागरिक मुखि भएपछि सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन ।

वडाको यो कार्यले‘दमको रोगमा बिरामी भएका जेष्ठ नाजगरिक र अपांगता भएका ब्यक्तिलाई राहत भएको छ । भण्डारीका अनुसार वडामा जम्म १सय ७१ जना सामाजिक सुरक्षाभत्ताका पाउने छन । जसमा १० सय जनालाई बिहिबार बितरण गरिएको छ ।


error: Alert: Content is protected !!