बाजागाडमा तोकियो हिमा गाउँपालिका स्थायी कार्यालय

जुम्ला ः हिमा गाउँपालिकाको गाउँस भादे पालिकाको स्थायी केन्द्र बाजागाडमा तोकेको छ । गाउपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको १२ औं गाउँसभाले पालिकाको केन्द्र ५नम्बर वडामा पर्ने बाजागाड बनाउने निर्णय गरेको हो ।
सबैको सहमतिमा पालिकाको केन्द्र बाजागाड बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष लक्ष्मान बहादुर शाहीले बताए । उनले भने, ’हामी हिमा गाउबासीहरूको विकास र समृद्विको आकांक्षा पूरा गर्नका लागी सबैको पाएक पर्ने ठाउमा कार्यालय तोकेका छौ । यस अघिका जनप्रतिनिधिले पनि कार्यालय बाजागाडमा तोक्ने निणर्य गरेका थिए । तर पछि नागरिकनै दुइधारमा बिवादमा आएपछि सो निणर्य रोकिएको हो ।
हिमाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, सिँचाइ, पर्यटनजस्ता क्षेत्रहरूलाई मुख्य प्राथमिक्तामा राखेको छ । स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन लघु उद्यम, रोजगारी सिर्जना तथा अन्य आर्थिक उपार्जनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शाहीले बताए । अध्यक्ष शाहीले भने, पहिलो पाँच वर्षे कार्यकालको जनप्रतिनिधिले पनि गाउँपालिकाको केन्द्र बाजागाड नै बनाउने भनेर निर्णय गरे पनि सहमति नजुटेकोले हालमस्म विवाद रहेको थियो । हाल गाउँपालिकाको कार्यालय जुगाडबाट सञ्चालन हुँदै आएको छ ।