माओवादीबाट चन्दननाथको मेयरमा जीवन बुढ्थापा
जुम्ला ः नेकपा माओवादी केन्द्रबाट जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा युवा नेता जीवन बुढ्थापालाई मेयर पदको उम्मेदवार बनाएको छ । उपमेयरमा पूर्णिमा विकलाई९रचना० उम्मेदवार बनाएको हो ।
मेयर र उपमेयर पदका लागि पार्टीमा धेरै आकांक्षी भएपनि पार्टीले जीवन बढ्थापालाई मेयर र पूर्णिमा विकलाई उपमेयरको उम्मेदवार बनाएको माओवादी केन्द्रका युवा नेता विष्णुबहादुर महतले ९गौरव० बताए ।
यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।








