जुम्लामा वनस्पति दिवस :फोटो फिचर
जुम्ला ः जुम्लाको ठिन्केमा अवस्थित वनस्पति अनुसन्धान केन्द्र लोपउन्मुख जडीबुडी संरक्षणमा जुटेको छ । औषधी जन्य लोपउन्मुख वनस्पती संरक्ष र प्रबोद्धनका लागी जुटेको हो । वनस्पती अनुसन्धान केन्द्रले बिगत लामो समयम देखि वनस्पतिको अनुसन्धान र नवप्रवर्तन राष्ट्रको उन्नयन भन्ने मुल नाराका साथ यसको संरक्षणमा लागेको छ ।
यस अनुसन्धान केन्द्रले अतिस डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार धुपि लागायतका बिरुवा संरक्षणमा लागेको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतले बताए । उनले भने,‘ कर्णालीमा मात्रै पाइने ६१ प्रजातिका वनस्पतिको अनुसन्धान गरी संरक्षणमा जुटेको छ । प्रमुख बस्नेतले भने, किसानका लागी अतिसका बिरुवा दिने गरिएको छ ।
उनले थपे,“एका तार्फ लोपउन्मुख जडीबुटीको संरक्षण हुने र अर्को तर्फ वनस्पतिबाट हुने फाइदाको बारेमा सहयोग पुर्याउने उद्दे्रयले यस्तो कार्यक्रम गरिएको हो ।उनले भने , वनस्पति विभागको ६२ औं वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवसरमा नयाँ वर्षको शुभकाना आदनप्रदान कार्यक्रम समेत गरिएको हो ।
वनस्पतिको उपयोग र व्यापार, समृद्धिको आधार हो । अनुसन्धानात्मक क्रियाकलापबाट वानस्पतिक स्रोतको तथ्यांक अध्यावधिक, खेती प्रविधि विकास, औषधी विज्ञान र जडीबुटी उत्पादन तथा प्रशोधन क्षेत्रका रुपमा यसक्षेत्रलाई पहल गर्न आबश्यक रहेको प्रमुख बस्नेत बताउछन ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले भनिन, जुम्ला जैविक विविधता समृद्धिको महत्वपूर्ण आधार भनिन्छ छ तर यसको कार्यन्वयन तर्फ लाग्नु पर्छ ।जडिबुटीको उपयोगिता र संरक्षणसम्बन्धी परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई संयोजन गर्नुपर्नेमा उनको जोड छ । उनले भनिन, वनस्पति अनुसन्धान केन्द्र भोजखाने थलोको रुपमा प्रयोग गर्न हुदैन । यसको जिम्मेवरी स्थानीयतहले पनी लिनु पर्ने हुन्छ ।
त्यस्तै समाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराम चौलागइले अनुसन्धान प्रयोजनका लागि निकासी भएका जडिबुटीको दुरुपयोग हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए । उनले अनुसन्धानको नाममा कतिपयले नेपाली जडिबुटीको गलत प्रयोग गरेको सुन्नमा आउने गरेको छ । यसलाई भोजभतेर र मदिरा खान नहुने निषेधित क्षेत्र बनाइनु पर्ने बताए ।
त्यस्तै गुठीचौर गाउपलिका ५ वडाका अध्यक्ष चन्द्र बहादुर नेपालीले यो केशर खेतीको नामाले चिनिएको योक्षेत्रमा पर्यटकहरु धेरै आउने गरेको बताए । उनले भने घुम्न आउनेहरुले नै मदिरा खाने र झगठा गर्ने गरेकाले असुरक्षित भएको बताए ।
त्यस्तै जिल्ला वनस्पति अनुसन्धान केन्द्र वनस्पति दिवसको अवसरमा वृक्षा रोपनकार्यक्रम समेत गरेको छ । नेपाल प्राकृकको धनी देश अनि,हरियो वन नेपालको धन भन्ने पनि उखानलाइ सार्थकता दिने उद्देश्यले १६ वटा धुपिका बिरुवा रोपिएको हो ।
कर्णाली प्रदेश जडीबुटीको धनी भनेर धेरै नेताले भाषण पनि गछर्न । तर संक्षरण गर्नुपर्ने ठाउमा बिनास मात्रै हुने गरेको राष्ट्रिय प्रहरी अनुसन्धानका डिएसपी राज कुमार न्यौपानेले बताए । उनले यस कारणले हरियो वन नेपालको धन भन्ने उखान ,उखानमै सिमित भएको हो । उनले थपे,‘वनजंगल फडानी हुनु जडीबुटीको चोरी निकासी हुन र ,अबैध उत्खान जस्ता कार्यले गर्दा औषधी जन्य बनस्पती लोभ हुने अबस्थामा पुगेका छन ।यस्ता कार्यले जुम्लामा जलवायु परिवर्तनको असर समेत गरेको छ ।वन फडानी हुदा उत्पादनमा गिरावट पनि आएको पाईन्छ ।















