चुनावी अभियान जुट्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्ला
जुम्ला ः जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ ।स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राप्रपाले पनी चुनावी अभियान थालेको हो ।आगामी बैशाख ३० गते हुने निर्वाचनको लागी राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ । सदरमुकाम खलंगा बजार स्थित बालमन्दिरमा राप्रपाका केन्दीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे ।उनले भने,‘ त्यसमाथि अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले गति लिईरहेको छ ।
यो देशमा धेरै पटक अरु राजनीतिक पार्टीले देश चलाए । उनले एक पटक पाँच वर्षका लागि राप्रपालाई मत दिएर हाम्रा मुद्दा र एजेन्डालाई जनतामाँझै लैजान दिन आग्रह गरेका छन ।सबै स्थानीय तहमा तलदेखि माथिसम्म सबै पदमा उम्मेदवारी दिने उनले बताए । उनले अघिल्लो चुनावमा प्राप्त मतलाई आधार बनाउन नहुने भन्दै यो पटक पार्टीले राम्रो नतिजा ल्याउने गरी अग्रसर रहेको बताए । राप्रपाको विचार, नीति र सिद्धान्तप्रति आकर्षण बढेको जिकिर गर्दै अहिले हाम्रो संगठनको अवस्था पनि राम्रो रहेको बताए ।
राप्रपा जुम्ला अध्यक्ष वेदबहादुर शाहीले सोमबादरदेखि ७७ वटै जिल्लामा चुनावी घरदैलो अभियान सुभाराम्भ भएको बताए । उनले भने राप्रपा अहिले तीन वटा मुद्दा बोकेर अगाडी बढेको छ । हिन्दु राजसंस्था, सैवैधानिक राजसंस्था र भ्रष्टाचार अन्त्य गर्नुपर्दछ भन्ने मूल राप्रपाका एजेन्डा तथा मुद्दा रहेका छन् ।
राप्रपा जुम्ला नगर अध्यक्ष अनुप थापाले गठवन्धनले देश धरासायीमा परेको आरोप लगाए । उनले भने विकास गछौँ, गठवन्धन भन्दै धेरैवर्ष विताए तर देश उही हालतमा छ । महंगी बढ्दै छ । देशमा बेरोगारी उस्तै छ । अहिलेको चुनावमा पनि गठवन्धनको रटान गरेका छन् राप्रपा जुम्ला नगर अध्यक्ष थापाले सवै पदलोभि भएकाले गठवन्धनमा सम्भावना नदेखिएको उनले बताए ।








