नेकपा एमालेका पूर्व गाविस अध्यक्ष शाही माओवादीमा केन्द्रमा प्रवेश
नेकपा एमालेका पूर्व गाविस अध्यक्ष दिपबहादुर शाही नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन । शाही आइतबार एकऔपचारीक कार्यक्रमका बिच माओबादी केन्द्रमा प्रवेश गरेका हुन । उनी विसं.२०५४ सालमा नेकपा एमालेबाट साविकको कुडारी गाविस अध्यक्ष थिए ।
शाहीलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत (कार्मा र माओवादी केन्द्रको तिला गाउँपालिका कमिटिले स्वागत गरेको छ । । नेकपा (माओवादी केन्द्र) जुम्लाको इञ्चार्जसमेत रहनुभएका सांसद महतले पार्टी प्रवेश कार्यक्रममा शाहीलाई टिका र खादा लगाएर स्वागत गरेको बताए । उनले पाको राजनीतिक व्यक्तित्वको प्रवेशले पार्टीलाई थप उर्जा मिलेको बताए ।
महतले पालिकाको पार्टीले सिफारिस गरेको जनाउँदै नवप्रवेशी शाहीलाई उच्च सम्मान गरिने बताए । पूर्व अध्यक्ष शाही माओवादीमा प्रवेश परेपछि नेकपा एमालेको पकड भनिएको साविकको कुडारी गाविसको वडा नम्बर ४ साँपुल्ली गाउँमा एमालेको गढ भत्केको छ । लामो समयको छलफल तथा संवादपछि शाही माओवादीमा प्रवेश गरेको मओबादी केन्द्रका तिलागाउँपालिकाका इञ्चार्ज मोतिलाल रोकायले बताए ।
करिब ३४ वर्ष लामो समय नेकपा एमालेमा रहेर राजनीतिक जीवन ब्यतित गरेका शाहीले पछिल्लो समयमा उक्त पार्टीभित्र तानाशाही प्रवृति, स्वेच्छाचारिता, परिवारवादी तथा आफन्तवादी संस्कृति मौलाउँदै गएको भन्दै आइतबार माओबादीमा प्रवेश गरेका हुन । उनले भने ,अभ्यास भइरहेको व्यवस्था ल्याउन संघर्ष गरेको पार्टी नेकपा माओवादी केन्द्र रोजेको बताए । म आफू कम्युनिष्ट भएकोले त्यही बिरासत बोकेको पार्टीमा संगठित भएको र अबको राजनीतिक जीवन त्यसैमा सक्रिय भएर बिताउँने उनको भनाइ थियो ।
“माओवादी केन्द्रको त्याग, तपस्या र बलिदानबाट केन्द्रीकृत राज्य व्यवस्थाको ढाँचा बदलिएर आज गाउँमा सिंहदरबारको अधिकार आइपुगेको छ,” उनले भने, “जहाँ नागरिकहरुले स्वच्छ अभ्यास गरेर स्वायत्त सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् ।” यद्यपि यो व्यवस्थाको अभ्यास संविधानको मर्म बमोजिम हुन नसकेकोले अब स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिहरुले जनहितमा केन्द्रित रहेर जनमुखी योजनालाई अघि सार्नुपर्ने उनले सुझाव दिए ।








