जुम्लाको उत्पादन समृद्धिका आधार हो ः मुख्य मन्त्री शाही

जुम्ला ः कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री शाहीले जुम्लाको उत्पादन नै समेद्धिको आधार हुने बताए ।चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लाको उत्पाद संग जोडर संञ्चालन गरेको अर्गानिक मिनिमार्केटको अवलोकन गर्दै उनले यस्तो बताएका हुन । मुख्य मन्त्री शाहीले भने, कर्णाली प्रदेशमा अहिले प्रदेशको आर्थिक समृद्धिका आधारका बारेमा विभिन्न बहस तथा छलफल हुन थालेका छन् ।

कर्णाली समृद्धिको अधारनै कृषि हो । कृषमा धेरै लगानी भएको छ । कृषी दिइएको अनुदानले खासै नजिजा दिन सकेको अबस्था छैन उनले भने,‘ अब अनुदान बास्तमा उत्पादन बढाउनेले पाउनु पर्छ । उनले भने, स्थानीय स्तरमा उत्पादिन बस्तुको बजारी करण गरे कर्णालीको परिचय बदलिने छ । कर्णाली समृद्धि बनाउन ५ वटा ब,‘को अबश्यक छ । यो कामको थालनी चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडल गरेको बताए । बिधुत , बिचार , बजारी करण , ब्यवस्थापन अभाव जस्ता कारणले कर्णालीमा बिकास हुन नसकेको हो ।
कर्णालीको आर्थिक समृद्धिका लागि जलविद्युत्, वन जंगल, जडिबुटी, पर्यटन र कृषि तथा पशुपालनको विकल्पन नभएको बताए । मुख्य आधार पूर्वाधार जलविद्युत् विकास गर्नु पर्छ ।

कर्णाली प्रदेशलाई जडिबुटीको राजधानीको उपमा दिने गरिएको छ । कर्णाली प्रदेशमा बहुमूल्य यार्सागुम्बादेखि गुच्ची च्याउ, पाँचऔँले, बोझो, सुनाखरी, चिराइतो, भुत्ले, टिमुरलगायत सयौँ प्रकारका जडिबुटी पाइन्छन् मुख्य मन्त्रीले भने कर्णाली गरिबी र अभाव छ भन्ने भ्रममा नपरौँ । जडिबुटीलाई यस प्रदेशमै प्रशोधनगरी बिक्री गर्ने हो भने राम्रो आम्दानी हुने छ भने स्थानीयले रोजगारी पनि पाउनेछन् ।

हालसम्म सरकारले जडीबुटीबाट राजश्व समेत उपयुक्त ढंगबाट संकलन गर्न सकेको छैन । बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ।

त्यस्तै वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको यस सहकारीले जुम्लाको उत्पादनलाई बजारीकरण संग जोडनका लागी बढवा दिदै आएको हो । यहाको स्थानीयस्तरमा उत्पादन हुने अन्नबाली पर्यटक मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पठाउनका लागगी चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको प्रबन्धक बिश्व राज काफ्लेले बताए । उनले जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर ,टिमुर चिनो, कागुनो, स्याउ, घिउ, महलगायतका रैथाने बस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मिनी मार्केट खोलेको दाबी गरे ।