टुक्रे योजना बिकासको बाधक हुन ः मन्त्री रोकाया

जुम्ला ः कानून, योजना, रणनीति, प्रतिबद्धता लगायत सबै कुरा भए पनि कर्णालीको मुहार अझै पनी फेरीएको छैन । विकास र समृद्धिको यात्रामा फड्को मार्न नसक्नुको कारण आधारभूत र क्षमता जन्य कमजोरी जस्ता सीमितता रहेको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले बताए ।नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हनु । उनले भने, कर्णालीको बिकासको बाधक टुक्रे योजना हुन । जुनसुकै व्यक्ति, परिवार, समुदाय भएपनि देशको समृद्धिको लागी दिर्गकालिन योजना आबश्यक रहको छ ।

मन्त्री रोकयाले खुसी नेपाल र समृद्ध नेपालीको चाहना पुरागर्नका लागी नारा भयर मात्रै केही हुदैन । दिगोबिकासको लागी सबैले सोचन आबश्यक छ । जुम्ला लागायत समग्रह कर्णाली बिकासको लागी पत्रकारले कडारुपमा कलम चलाउन अनुरोध गरे । जसले कर्णालीको आर्थिक र सामाजिक विकासका लागि पर्याप्त अवसर हुन सक्छ । एक दुइलाख जस्ता टुक्रे योजनाले उपभोत्ता समिति पालिने तर बिकास दिगो नहुने समस्या छ ।यसको अन्ये गर्नका लागी कर्णाली प्रदेश सरकार लागी परेको बताए ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया जुम्लामा संञ्चालित योजना अनुगमन गर्नका लागि कालिकाकोट हुदै जुम्ला पुग्नु भएको बताए । उनले भने, कर्णालीको सडक र पुर्वधार बिकासको लागी सधै प्रतिबद्ध रहको छु ।

मन्त्री रोकायाले म जुम्ला बासी भएका नाताले यस अघि अधुरा रहका बिकास निमार्णको काम गर्ने बताए । उनले भने ,यस अघि हरेका क्षेत्र नाताबाद र कृतबादले गर्दा विकास आयोजना कार्यान्वयन फितलो रहेको बताए । उनले थपे,“कर्णालीका प्रविधिक जनशत्ती कमीका कारण बिकास निमार्णमा ढिलासुस्ती भएको बताए ।

उनले आफ्नो कार्यकालमा नागमा गमगडी राजमार्गलाई प्रथामिकता साथ अगाडी बढाइने बताए । खानेपानी, सिँचाइ जस्ता बहुवर्षिय योजना कार्यान्वयन हुने दाबी गरे । कर्णालीका अन्य जिल्लाको तुलनामा जुम्लाको लागी कम बजेट बिनियोज गरिएको बताए । उनले भने,“अबका दिनमा पहुजको अधारमा भन्दा आबश्यकताको आधारमा बजेटको ब्यवथा गर्ने प्रतिबद्धता गरे ।

त्यस्तै आवश्यकता अनुसार सडक, पुल, भवन र अन्य योजना उपलव्ध गराएको निजि सचिव अमर रोकायाले बताए । उनले भने कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी सडक खण्ड पीच गर्नका लागि १ अर्व २० करोड बजेट व्यवस्थापन भएको छ । नाग्मदेखि गोठीजूला सम्म एक वर्षमा सडक पीच हुने भएको छ ।यस्तै सिंजा भेग उज्यालो गर्नका लागि राष्ट्यि प्रसारण लाइन जडान गर्नुका साथै साना लद्यु जलविद्युत आयोजनाको निर्माण कार्य पनि थालनी गरिने छ ।