अखाद्य बस्तुको प्रयोगले वालवालिका बिरामी


जुम्ला ःअखाद्य बस्तुको प्रयोगका कारण जुम्लाका निजिस्कुलमा अध्यायनरत्त बालवालिका बिरामी भएका छन । पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा विरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य बस्तु म्याद नाघेको ट्याङजुस खादा त्यहा अध्यायनरत्त वालवालिका बिरामी परेका हुन् ।

यहाँका ग्रमिण क्षेत्रतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका अखाद्य बस्तु बढी पाइने गरेको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य बस्तु नियमन गर्ने अधिकार भएपनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिने गरेको पाईदैन । जसले गर्दा सहजै रुपमा नागरिकको भान्सामा अखाद्य बस्तु पुग्ने गरेको छ ।

त्यस्तै हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मन्जील गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । उनले भने,‘पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ। त्यहा अध्यायनरत २६० मध्ये २५ जना विद्यार्थी विरामी भए ।

विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको उनले बताए । उनले भने बुधबारदेखि आउदो आइतबारसम्म विद्यालय वन्द गरेका छौँ । स्कूल नजिकैको कोभिड अस्पतालमा लिएर औषधि खुवाएपछि अहिले अवस्था सामान्य भएको छ । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेका छौँ । पारी परीक्षण गरेपछि मात्रै विद्यालय खोल्ने तयारी गरेका छौँ ।

म्याद नाघेको ट्याङजुस अखाद्य बस्तु खाएपछि विद्यार्थी विरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले बताए । उनले भने औषधि खुवाएपछि अवस्था सामान्य भएको छ । पानी, घामले पनि यस्तो समस्या देखिएको हुन सक्छ ।

अहिले स्वास्थ्य चौकीमा पेट दुख्ने र टाउको दुख्ने विरामी बढी आउने गरेका छन् । त्यस्तै जुम्लामा संञ्चालित जयरत्न कर्णाली बोडिङमा अध्यायनरत बिद्यार्थी पनी बिरामी परेका छन ।यता कर्णाली बोर्डिङ स्कुलका प्रिन्सीपल रतन बहादुर शाहीले आफ्नो विद्यालयमा पनि विगत एक सातादेखि दैनिक २÷३ जना विद्यार्थीहरुमा पेट दुख्ने,टाउको दुख्ने समस्या आएको बताए । उनले भने,“सबै बालबालिबालाई स्कुलकै क्यान्टीनबाट खाँजा खुवाउने गरिएकाले बजारको अखाद्य वस्तु खाने अबस्था छैन् । तर किन विद्यार्थी विरामी भईरहेका छन् भन्ने पत्तो लगाउन सकिएको छैन् । विद्यार्थी दैनिक विरामी भईरहेका छन् ।”गाउँका साना बजारमा अखाद्य वस्तुको विक्री बढीरहेकोले प्रहरी प्रशासन उद्योग बाणिज्य संघ लगायतका सरोकारवालाको गाउँकेन्द्रित बजार अनुगमनमा जोड दिनु पर्ने देखिन्छ ।

सम्बन्धित समाचार